अपडेट
धोबीखोलामा युवकको शव फेला
बिहीबार, १८ मङ्सिर २०८२, ०८ : ३१
सारांश
- काठमाडौंको धोबीखोलामा एक युवकको शव फेला परेको छ।
- मृतक अन्दाजी २५ वर्षका युवक हुन्, तर उनको पहिचान खुलेको छैन।
- प्रहरीले युवकको पहिचान र घटनाको थप अनुसन्धान गरिरहेको छ।
काठमाडौँ । काठमाडौँको मदनभण्डारी कलेज नजिकै रहेको धोबीखोलमा बिहीबार बिहान एक युवकको शव फेला परेको छ । साइकलसहित ती युवक खोलामा डुबेको अवस्थामा मृत फेला परेका हुन् ।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईका अनुसार अन्दाजी २५ वर्षीय ती युवकको पहिचान भने खुल्न सकेको छैन । ‘उनको साथमा रहेको कागजातबाट हामीले पहिचान खुलाउने प्रयास गर्दैछौँ,’ भट्टराईले रातोपाटीसँग भने ।
उनले यस विषयमा प्रहरीले थप अनुसन्धान अघि बढाइसकेको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण