निर्वाचन कानुनमा दलितमैत्री व्यवस्था गर्न प्रधानमन्त्रीलाई हाम्रो पार्टी नेपालको आग्रह
सारांश
- हाम्रो पार्टी नेपालका अध्यक्ष खगेन्द्र सुनारको नेतृत्वमा प्रधानमन्त्री सुशीला कार्कीलाई भेटियो।
- भेटमा सुनारको टोलीले निर्वाचन कानुनमा दलितमैत्री व्यवस्थाका लागि आग्रह गर्यो।
- प्रधानमन्त्री कार्कीले दलित समुदायको प्रतिनिधित्वका लागि प्रयास गर्ने आश्वासन दिइन्।
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग शुक्रबार हाम्रो पार्टी नेपालका अध्यक्ष खगेन्द्र सुनार नेतृत्वको टोलीले भेट गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा सुनारको टोलीले निर्वाचन कानुनमा दलितमैत्री व्यवस्था गरिदिन प्रधानमन्त्री कार्कीसँग आग्रह गरेको हो ।
अध्यक्ष सुनारले समानुपातिक निर्वाचन प्रणालीतर्फको विद्यमान व्यवस्थाले खस–आर्य समुदायलाई नै पहिलो प्राथमिकतामा राखेका कारण दलित समुदायको उचित प्रतिनिधित्व हुन नसकेको बताए ।
भेटका क्रममा अध्यक्ष सुनारले यसअघि प्रधानमन्त्रीले निजी कारणले आलोचना खेप्नुपरेको भन्दै क्षमा याचना गरे । साथै, यो उमेरमा आएर विषम परिस्थितिमा मुलुक सम्हाल्न आएकोमा प्रधानमन्त्री कार्कीप्रति आभार पनि व्यक्त गरे ।
जवाफमा प्रधानमन्त्री कार्कीले सामाजिक न्याय र भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्ने बताइन् । समाजमा पैसा र शक्तिको प्रभाव हुनेहरूले मात्र चुनाव जित्ने अवस्था आउन नदिन देशव्यापी रूपमा जनजागरण ल्याउन पनि उनले सुझाव दिइन् ।
प्रधानमन्त्री कार्कीले वर्तमान सरकारले पाएको कार्यादेशभित्र रहेर दलित तथा उत्पीडित समुदायको अधिकतम प्रतिनिधित्व कसरी हुन सक्छ भनेर आफूले पनि प्रयास गर्ने आश्वासन दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिडियाखानामा ‘ट्रम्प’ भैँसी
-
हरियालीमा २० मिनेट मात्रै बिताउँदा पनि कम हुन्छ तनाव
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई स्वतन्त्र बनाउनुपर्नेमा सांसदहरुको जोड
-
विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
-
जातीय विभेद अन्त्यको सन्देशसहित म्याग्दीमा रक्तदान कार्यक्रम
-
फिल्म निर्माता पहलाज निहलानीको निधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण