समाचार
दाङको लमहीस्थित सुनचाँदी पसलमा गोली चल्यो
शनिबार, २० मङ्सिर २०८२, १६ : २०
बुटवल । दाङको लमहीमा गोली चलेको छ ।
लमही नगरपालिका–५ स्थित लमही गल्लीमा रहेको जुनतारा सुनचाँदी पसलमा शनिबार दिउँसो गोली चलेको हो । जहाँ पसल सञ्चालक १८ वर्षीय दीपक सुनार घाइते छन् ।
घाइते भएका उनको लमही अस्पतालमा उपचार भइरहेको छ । घटनाको अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक रोषणराज पाण्डेले जानकारी दिए । लुटपाट गर्ने उद्देश्यले गोली चलाइएको हुन सक्ने अनुमान गरिए पनि थप अनुसन्धान जारी रहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टोखा क्षेत्रमा जग्गाको मूल्याङ्कन : ग्राण्डीदेखि गणेश मन्दिर क्षेत्रमा सबैभन्दा धेरै बढ्यो, कहाँ कति ?
-
चीनबाट नेपालले लिनुपर्ने लाभ
-
एमालेसँगको सहकार्य अघि बढिसकेको प्रचण्डको खुलासा
-
बालेन शाहको घोषणाको प्रभु साहद्वारा स्वागत
-
जनकपुर घटनापछि हर्क साम्पाङको प्रतिक्रिया : ‘अपमान होइन, यसले मेरो राजनीतिक उचाइ बढाएको महसुस भयो’
-
एनसेलको स्वामित्व कानुनबमोजिम हस्तान्तरण गर्न दूरसञ्चार प्राधिकरणलाई सर्वोच्चको निर्देशनात्मक आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण