ढुङ्गाले लाग्दा स्काभेटर सहचालकको मृत्यु
आइतबार, २१ मङ्सिर २०८२, २३ : ४३
सारांश
- ताराखोला गाउँपालिका-५ मराममा स्काभेटर चलाइरहेका १९ वर्षीय विशाल पुन मगरको ढुङ्गाले लागेर मृत्यु भयो।
- स्थानीय घर निर्माणका क्रममा ढुङ्गा खस्दा पुन मगरको घटनास्थलमै मृत्यु भएको हो।
- प्रहरीले मुचुल्का उठाएर शव पोस्टमार्टमका लागि अस्पताल लग्यो।
ढोरपाटन। यहाँको ताराखोला गाउँपालिका–५ मराममा आज स्काभेटर चलाइ रहेको बेला सडक माथिदेखि खसेको ढुङ्गाले लाग्दा सहचालक रोल्पाका १९ वर्षीय विशाल पुन मगरको मृत्यु भएकाे छ ।
स्थानीय बलबहादुर रोका मगरको निजी घर निमार्णको लागि मरामगाउँमा ढुङ्गा निकाल्दा अचानक ढुङ्गा खस्दा सहचालक पुन मगरको घटनास्थलमै मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कमलजङ्ग थापाले जानकारी दिए ।
घटनास्थलमा प्रहरी पुगी मुचुल्का उठाएर शव पोस्टमार्टमका लागि गलकोट नगर अस्पताल हरिचौर लगिएकाे प्रहरी निरीक्षक थापाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई पटक गोल्डेन बुट जित्ने पहिलो खेलाडी बने एम्बाप्पे
-
साउनको पहिलो सोमबार कुन राशिका लागि शुभ हेर्नुहोस् राशिफल
-
फुटबलमा स्पेनको ऐतिहासिक कीर्तिमान: पुरुष र महिला दुवै टोलीको हातमा विश्वकप उपाधि
-
मेस्सीका लागि सुखद बन्न सकेन विश्वकप फाइनल, बक्सभित्र पाएनन् एक पटक पनि टच
-
यी हुन् गोल्डेन बल, बुट र ग्लोभ्स जित्ने खेलाडी, कुबार्सी उत्कृष्ट युवा खेलाडी
-
१९ वर्षकै उमेरमा यमालले रचे इतिहास
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण