जाँचबुझ आयोगले सशस्त्र प्रहरीका आईजीलाई बयानका लागि बोलायो
सारांश
- उच्चस्तरीय जाँचबुझ आयोगले सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालको बयान लिन सुरु गरेको छ।
- यसअघि काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजालसँगको बयान सम्पन्न भइसकेको छ।
- आयोगले हालसम्म करिब १५० जनासँग सोधपुछ र बयान लिइसकेको जनाएको छ।
काठमाडौँ । जेनजी प्रदर्शनबारे छानबिन गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले मंगलबारदेखि सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालको बयान लिँदै छ । यसअघि मंसिर १७ देखि सुरु गरिएको काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी छवि रिजालसँगको बयान पूरा भएको छ ।
आजदेखि सशस्त्र प्रहरीका आईजी अर्यालको बयान लिइने आयोगका प्रवक्ता तथा पूर्व एआईजी विज्ञानराज शर्माले रातोपाटीलाई बताए । उनले भने, ‘आज उहाँलाई बोलाएका छौँ ।’
गौरीबाहादुर कार्की नेतृत्वको आयोगले यसअघि सशस्त्र प्रहरीको कार्य विभागका प्रमुख नारायणदत्त पौडेलसँग बयान लिइसकेको छ । सशस्त्र प्रहरीका डीआईजी सुरेश श्रेष्ठको पनि बयान लिइएको छ । अर्यालको बयान पूरा भएसँगै नेपाल प्रहरीका आईजीपी दान बहादुर कार्की र पूर्व आईजीपी चन्द्रकुवेर खापुङसँग बयान लिने तयारी गरिएको आयोगका एकजना पदाधिकारीले बताए ।
आयोगले यसअघि प्रहरीका डीआईजी ओम राना र एआईजी सिद्धिविक्रम शाह सहितका अधिकृतहरुसँग बयान लिएको थियो । जेनजी प्रदर्शन हुँदा शाह प्रहरीको कार्य विभाग प्रमुख थिए । अहिले उनी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा भएका छन् ।
आयोगले राष्ट्रिय अनुसन्धान विभागका पूर्व प्रमुख (मुख्य अनुसन्धान निर्देशक) हुतराज थापा, पूर्व मुख्यसचिव एकनारायण अर्याल, राष्ट्रिय अनुसन्धान विभागको उपत्यका हेर्ने डीआईजी कृष्ण खनाल, नेपाल प्रहरीका एसपीद्वय अपिल बोहरा र कुलदीप चन्दसँग बयान लिइसकेको छ । हालसम्म करिब १५० जनासँग सोधपुछ र बयान लिइएको आयोगका एकजना सदस्यले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
-
बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण