काठमाडौँ । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको पहिलो क्वालिफायर खेलमा विराटनगर किङ्सविरुद्ध सुदूरपश्चिम रोयल्सले नवौँ सफलता हात पारेको छ ।
त्रिवि क्रिकेट मैदानमा मंगलबार सुदूरपश्चिमले दिएको १५६ रनको लक्ष्य पछ्याएको विराटनगरले मर्चान्ट डी ल्याङ्गेलाई नवौँ विकेटको रूपमा गुमाएको हो ।
डी ल्याङ्गे स्कट कुग्लेइनले १५ रनमा क्याच आउट गराएका हुन् । यसँगै सुदूरपश्चिम जिततर्फ उन्मुख देखिएकाे छ ।
काठमाडौँ । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको पहिलो क्वालिफायर खेलमा विराटनगर किङ्सविरुद्ध सुदूरपश्चिम रोयल्सले सातौँ सफलता हात पारेको छ ।
त्रिवि क्रिकेट मैदानमा मंगलबार सुदूरपश्चिमले दिएको १५६ रनको लक्ष्य पछ्याएको विराटनगरले फाफ डू प्लेसिसलाई सातौँ विकेटको रूपमा गुमाएको हो ।
काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको पहिलो क्वालिफायर खेलमा विराटनगर किङ्सले सुदूरपश्चिम रोयल्सविरुद्ध १० ओभरमा ५७ रन बनाएको छ ।
त्रिवि क्रिकेट मैदानमा मंगलबार सुदूरपश्चिमले दिएको १५६ रनको लक्ष्य पछ्याएको विराटनगरले १० ओभरमा ६ विकेट गुमाउँदै ५७ रन बनाएको हो ।
विराटनगरका लागि अहिले क्रिजमा रहेर फाफ डू प्लेसिसले ३५ रन बनाएर खेलिरहेका छन् भने प्रतिश जिसीले २ रन बनाएर खेलिरहेका छन् ।
काठमाडौँ । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको पहिलो क्वालिफायर खेलमा विराटनगर किङ्सविरुद्ध सुदूरपश्चिम रोयल्सले छैटौँ सफलता हात पारेको छ ।
त्रिवि क्रिकेट मैदानमा मंगलबार सुदूरपश्चिमले दिएको १५६ रनको लक्ष्य पछ्याएको विराटनगरले नारायण जोशीलाई छैटौँ विकेटको रूपमा गुमाएको हो ।
जोशीलाई सुदूरपश्चिमका हर्मित सिंहले १ रनमा बोल्ड आउट गराएका हुन् ।
काठमाडौँ । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको पहिलो क्वालिफायर खेलमा विराटनगर किङ्सविरुद्ध सुदूरपश्चिम रोयल्सले पाँचौँ सफलता हात पारेको छ ।
त्रिवि क्रिकेट मैदानमा मंगलबार सुदूरपश्चिमले दिएको १५६ रनको लक्ष्य पछ्याएको विराटनगरले लोकेश बमलाई पाँचौँ विकेटको रूपमा गुमाएको हो ।
लोकेशलाई सुदूरपश्चिमका अविनाश बोहराले ५ रनमा क्याच आउट गराएका हुन् ।
काठमाडौँ । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको पहिलो क्वालिफायर खेलमा विराटनगर किङ्सविरुद्ध सुदूरपश्चिम रोयल्सले चौथो सफलता हात पारेको छ ।
त्रिवि क्रिकेट मैदानमा मंगलबार सुदूरपश्चिमले दिएको १५६ रनको लक्ष्य पछ्याएको विराटनगरले बाशिर अहमदलाई चौथो विकेटको रूपमा गुमाएको हो ।
बशिरलाई सुदूरपश्चिमका कप्तान दीपेन्द्र सिंह ऐरीले १२ रनमा क्याच आउट गराएका हुन् ।
काठमाडौँ । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको पहिलो क्वालिफायर खेलमा विराटनगर किङ्सविरुद्ध सुदूरपश्चिम रोयल्सले तेस्रो सफलता हात पारेको छ ।
त्रिवि क्रिकेट मैदानमा मंगलबार सुदूरपश्चिमले दिएको १५६ रनको लक्ष्य पछ्याएको विराटनगरले नरेन भट्टलाई तेस्रो विकेटको रूपमा गुमाएको हो ।
काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको पहिलो क्वालिफायर खेलमा विराटनगर किङ्सविरुद्ध सुदूरपश्चिम रोयल्सले एकै ओभरमा दुई विकेट लिएको छ ।
त्रिवि क्रिकेट मैदानमा मंगलबार सुदूरपश्चिमले दिएको १५६ रनको लक्ष्य पछ्याएको विराटनगरले शाम हेजलेटलाई पहिलो विकेटको रूपमा गुमाएको हो ।
हेजलेटलाई सुदूरपश्चिमका स्कट कुगलइनले डक आउट गराएका हुन् । पहिलो ओभरको पहिलो बलमा हेजलेटलाई गुमाएको सुदूरपश्चिमले अन्तिम बलमा मार्टिन गप्टिललाई दोस्रो विकेटकाे रूपमा गुमाएको हो ।
काठमाडौँ । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटको पहिलो क्वालिफायर खेलमा विराटनगर किङ्सले सुदूरपश्चिम रोयल्सविरुद्ध पाँचौँ सफलता हात पारेको छ ।
त्रिवि क्रिकेट मैदानमा मङ्गलवार टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले हर्मित सिंहलाई पाँचौँ विकेटकाे रूपमा गुमाएको हो ।
हर्मितलाई विराटनगरका प्रतिश जिसीले १४ रनमा क्याच आउट गराएका हुन् ।
काठमाडौँ । विनोद भण्डारीले सुदूरपश्चिम रोयल्सका लागि दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा विराटनगर किंग्सविरुद्ध अर्धशतक पूरा गरेका छन् ।
त्रिवि क्रिकेट मैदानमा मङ्गलबार टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमका लागि ४४ बलमा उनले अर्धशतक पूरा गरेका हुन् ।
सुदूरपश्चिमका लागि यो संस्करणमा विनोदको दोस्रो अर्धशतक हो ।
काठमाडौँ । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटको पहिलो क्वालिफायर खेलमा विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सविरुद्ध चौथो सफलता हात पारेको छ ।
त्रिवि क्रिकेट मैदानमा मङ्गलबार टस हारेर पहिले व्याटिङ गरेको सुदूरपश्चिमले कप्तान दीपेन्द्र सिंह ऐरीलाई चौथो विकेटको रूपमा गुमाएको हो ।
काठमाडौँ । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटको पहिलो क्वालिफायर खेलमा विराटनगर किङ्सले सुदूरपश्चिम रोयल्सविरुद्ध तेस्रो सफलता हात पारेको छ ।
त्रिवि क्रिकेट मैदानमा मङ्गलबार टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले इशान पाण्डेलाई तेस्रो विकेटको रूपमा गुमाएको हो ।
इशानलाई विराटनगरका शाम हेजलेटले १३ रनमा क्याच आउट गराएका हुन् ।
काठमाडौँ । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटको पहिलो क्वालिफायर खेलमा विराटनगर किङ्सले सुदूरपश्चिम रोयल्सविरुद्ध दोस्रो सफलता हात पारेको छ ।
त्रिवि क्रिकेट मैदानमा मङ्गलबार टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले शेल्डन ज्याक्सनलाई दोस्रो विकेको रूपमा गुमाएको हो ।
ज्याक्सनलाई विराटनगरका सुर्य तामाङले २० रनमा आउट गराएका हुन् ।
काठमाडौँ । दोस्रो संस्करणको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटको पहिलो क्वालिफायर खेलमा विराटनगर किङ्सले सुदूरपश्चिम रोयल्सविरुद्ध पहिलो सफलता हात पारेको छ ।
त्रिवि क्रिकेट मैदानमा मङ्गलबार टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले मुक्तर अहमदलाई पहिलो विकेटको रूपमा गुमाएको हो । अहमदलाई विराटनगरका मर्चान्ट डी ल्याङ्गेले बोल्ड आउट गरेका हुन् ।
काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा पहिलो क्वालिफायर अन्तर्गत विराटनगर किङ्सले सुदूरपश्चिम रोयल्स विरुद्ध टस जितेर बलिङ रोजेको छ ।
किङ्सले रोयल्सलाई ब्याटिङको निम्तो दिएको हो । यो एनपीएलमा यी दुई टोलीले आ–आफ्नो अन्तिम खेलमा एकअर्काको सामना गरेका थिए । जसमा विराटनगरले सुदूरपश्चिमलाई हराएको थियो ।
यस खेलको विजेता टोली सिधै फाइनलमा पुग्नेछ भने पराजित हुने टोलीले अर्को एक मौका पाउनेछ । एलिमिनेटरमा काठमान्डु गोर्खाज र लुम्बिनी लायन्सको विजेतासँग आजको पराजित टोलीले खेलेर फाइनल प्रवेश गर्ने मौका पाउने छन् ।