भारतमा अमेरिकी टेक कम्पनीहरूको ठुलो लगानी : अमेजनले पाँच वर्षमा थप ३५ अर्ब डलर लगानी गर्ने
सारांश
- अमेजनले आगामी ५ वर्षमा भारतमा ३५ अर्ब डलर लगानी गर्ने घोषणा गरेको छ।
- माइक्रोसफ्ट र गुगलले पनि भारतमा ठूलो लगानी गर्ने प्रतिबद्धता जनाएका छन्, एआई र क्लाउडमा जोड दिँदै।
- अमेजनले भारतमा आफ्नो उपस्थिति बढाउन र रोजगारीका अवसरहरू सिर्जना गर्न लगानी गर्ने जनाएको छ।
नयाँ दिल्ली । विश्वको अग्रणी ई–कमर्स कम्पनी अमेजनले आगामी पाँच वर्षभित्र भारतमा ३५ अर्ब डलरभन्दा बढी लगानी गर्ने घोषणा गरेको छ । यो घोषणासँगै ठुला अमेरिकी प्रविधि कम्पनीहरूले भारतको प्रविधि र पूर्वाधार क्षेत्रमा अरबौँ डलर लगानी गर्ने क्रम तीव्र बनेको छ।
बुधबार आयोजित एक कार्यक्रममा कम्पनीका वरिष्ठ उपाध्यक्ष (इमर्जिङ मार्केट) अमित अग्रवालले ३५ अर्ब डलरभन्दा बढीको यो लगानीबाट कम्पनीले आफ्नो सञ्चालन विस्तार गर्ने र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षमताहरूलाई सुदृढ पार्ने योजना बनाएको बताए।
अन्य कम्पनीको प्रतिबद्धता
यसवर्ष ठुला अमेरिकी टेक कम्पनीहरूले भारतमा ठुलो लगानीको घोषणा गरेका छन् । अमेजनको यो घोषणा एक दिनअघि मात्रै आएको माइक्रोसफ्टको घोषणापछि आएको हो ।
माइक्रोसफ्टले २०२८ सम्म एआई र क्लाउड पूर्वाधारका लागि १७.५ अर्ब डलर लगानी गर्ने प्रतिबद्धता जनाएको छ, जुन एसियामा उसको सबैभन्दा ठुलो लगानी हुनेछ । गुगलले पनि आगामी पाँच वर्षमा एआई डाटा सेन्टरहरू निर्माण गर्न १५ अर्ब डलर लगानी गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
अमेजनले आफ्नो यो लगानी एसियाको तेस्रो ठुलो अर्थतन्त्र भारतमा आफ्नो उपस्थिति थप मजबुत बनाउनका लागि भएको बताएको छ। समाचार एजेन्सी रोयटर्सका अनुसार, अमेरिकी ई–कमर्स कम्पनी अमेजनले सन् २०१० देखि हालसम्म भारतमा ४० अर्ब डलर लगानी गरिसकेको छ।
सन् २०२३ मा पनि कम्पनीले देशमा आफ्नो उपस्थिति बढाउनका लागि २६ अर्ब डलर लगानीको घोषणा गरेको थियो । अमेजनले विगत १० वर्षमा भारतका विक्रेताहरूका लागि २० अर्ब डलरभन्दा बढीको निर्यात तयार गर्न सहयोग गरेको बताएको छ।
कम्पनीले सन् २०३० सम्ममा यसलाई बढाएर ८० अर्ब डलर पुर्याउने योजना बनाएको छ। साथै, कम्पनीको लक्ष्य सन् २०३० सम्ममा भारतमा १० लाख अतिरिक्त रोजगारीका अवसरहरू सिर्जना गर्ने रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले
-
बजेटमा स्रोत सुनिश्चित छैन, ७ प्रतिशत आर्थिक वृद्धि असम्भव: पूर्वअर्थमन्त्री महत
-
डा. अशोक कुमार बास्कोटा : विज्ञान, अध्यात्म र सेवाको अद्भुत संगम
-
कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु
-
नेपाल–पाकिस्तानबिच पर्वतारोहण सहकार्य विस्तारमा जोड
-
वैश्विक व्यापारमा ‘एआई’ को प्रभाव बढ्दो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण