शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

'सरकार र जेनजीबिच भएको सम्झौता अस्वीकार्य'

बिहीबार, २५ मङ्सिर २०८२, २० : ३८
बिहीबार, २५ मङ्सिर २०८२


काठमाडौं। जेनजी आन्दोलनबारेमा प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकार र जेनजीबीचमा भएको सम्झौतालाई कमन जेनजी नेपाल अस्वीकार गरेको छ । 

सम्झौतापत्रले जेनजी जनआन्दोलनको वास्तविक मर्म, मुद्दा र जनआवाजलाई पूर्ण रूपमा वेवास्ता गरेको कमन जेनजी नेपालका अध्यक्ष विकेश साहले जनाए । 

सरकारले देशको राजनीतिक संकट समाधान गर्न आवश्यक मूल प्रश्नहरूलाई सम्बोधन गर्न असफल भएको कमन जेनजीले जनाएको छ । निकास दिलाउन असफल सुशीला सरकारले बाहिरी शक्तिको निर्देशनमा निर्वाचन गराउनु जेनजी आन्दोलनप्रतिको धोखा भएको कमन जेनजीले बिहीबार विज्ञप्तिमार्फत जनाएको छ ।  

जेनजी आन्दोलनको मागलाई प्रत्यक्ष सम्बोधन नगर्ने, भ्रष्टाचारी र हत्यारालाई उन्मुक्ति दिने र युवाहरूको बलिदानमाथि अवहेलना गर्ने कुनै पनि गतिविधि आफूहरुलाई अस्वीकार्य रहेको साहले जनाएका छन् । 

साथै आज (बिहीबार) काठमाडौंमा पत्रकार सम्मेलन गर्दै कमन जेनजी नेपालका अध्यक्ष साह सहितका जेनजी अगुवाहरुले सो सम्झौताको प्रतिलिपि च्यातेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप