यस्तो बन्याे कार्की नेतृत्वको १४ सदस्यीय मन्त्रिपरिषद् (सूचीसहित)
सारांश
- प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गरिन् र चार नयाँ मन्त्री नियुक्त गरिन्।
- नवनियुक्त मन्त्रीहरूले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिए।
- नयाँ मन्त्रीहरूले विभिन्न मन्त्रालयको जिम्मेवारी पाए, जसले मन्त्रिपरिषद् १४ सदस्यीय बनाएको छ।
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले चाैथाेपटक मन्त्रिपरिषद् विस्तार गरेकी छन् । शुक्रबार प्रधानमन्त्री कार्कीले कुमार इङ्नाम, राजेन्द्रसिंह भण्डारी, माधव चौलागाईं र श्रद्धा श्रेष्ठलाई मन्त्री पदमा नियुक्त गरेकी हुन् ।
नवनियुक्त चारै जना मन्त्रीहरुले शुक्रबार शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् । सपथ समारोहमा राष्ट्रपति पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, सभामुख देवराज घिमिरे लगाएतको उपस्थीति रहेको थियो ।
प्रधानमन्त्री कार्कीले कुमार इङ्नामलाई भूमि व्यवस्था मन्त्रालय, राजेन्द्रसिंह भण्डारीलाई श्रम मन्त्रालय, माधव चौलागाईंलाई वन मन्त्रालय तथा श्रद्धा श्रेष्ठलाई महिला मन्त्रालयको जिम्मेवारी दिएकी छन् । नयाँ मन्त्री थपिएसँगै प्रधानमन्त्री कार्की नेतृत्वको मन्त्रिपरिषद् १४ सदस्यीय भएको छ ।
सूची :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण