नारायणी पुलको काम समयमै सम्पन्न गर्न मन्त्री घिसिङको निर्देशन
सारांश
- मन्त्री कुलमान घिसिङले नारायणी नदीमा निर्माणाधीन सिग्नेचर ब्रिजको निरीक्षण गरे।
- १ अर्ब ६९ करोड लागतमा बन्ने ४२० मिटर लामो पुलको निर्माण २०८४ जेठभित्र सक्ने लक्ष्य छ।
- पुलमा दुई ठूला पाइलोन कन्क्रिट टावर हुनेछन्, जसले स्टे केबलबाट सडकलाई सपोर्ट गर्नेछन्।
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले शनिबार बिहान नारायणी नदीमा निर्माण सुरु भएको सिग्नेचर ब्रिज निर्माणस्थलको निरीक्षण गरेका छन् । उनले कार्यतालिकामा तय गरिएका माइलस्टोन हासिल गरी ठेक्का सम्झौता बमोजिमकै समय तालिकामा निर्माण सम्पन्न गरी नमुना परियोजनाको रूपमा प्रस्तुत हुनेगरी कार्य अघि बढाउन आग्रह गरे ।
४२० मिटर लम्बाइ रहेको उक्त पुल रु १ अर्ब ६९ करोड लागतमा रहेको र पुलको मुख्य निर्माण सुरु गर्नु अगाडीका कामहरु भइरहेको छ । पुलको मनसुन सुरु हुनु अघि नै पाएल फाउन्डेसन सम्पन्न गर्ने लक्ष्य राखिएको छ । पुलको निर्माण २०८४ जेठभित्र सम्पन्न गर्ने कार्यतालिका रहेको छ ।
पुलको मुख्य विशेषताको रूपमा दुई ठुला पाइलोन कन्क्रिट टावरमा स्टे केबलबाट पुल सडकलाई सपोर्ट गर्ने सिस्टम रहेको छ । यसैगरी नारायणी तटबन्दको विषयमा पनि मन्त्री घिसिङले जानकारी लिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
-
शिक्षा–स्वास्थ्यको समता शुल्क कानुनी रूपमा खारेज गर्न र बिजुलीको भ्याट फिर्ता लिन आग्रह
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
भारतका राहुल र प्रियंका गान्धीले गरे मोदी निवासबाहिर प्रदर्शन
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण