मेस्सीलाई नजिकबाट हेर्न नपाएपछि तोडफोडमा उत्रिए आक्रोशित फ्यान
सारांश
- कोलकातामा लियोनल मेस्सीको उपस्थिति निराशाजनक भएपछि फ्यानहरूले सिट र पिचमा सामान फाले।
- मेस्सीको छोटो उपस्थितिपछि पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले घटनाको छानबिनको घोषणा गरिन् र माफी मागिन्।
- मेस्सी भारत भ्रमणमा 'गोट टुर' अन्तर्गत आएका थिए, जहाँ उनले कोलकातामा ७० फिट अग्लो मूर्ति अनावरण गरेका थिए।
कोलकाता । भारत भ्रमणमा रहेका फुटबल स्टार लियोनल मेस्सीको उपस्थिति कोलकाताको साल्ट लेक स्टेडियममा निराशाजनक भएपछि आक्रोशित फ्यानहरूले सिटहरू च्यात्नुका साथै पिचतर्फ सामानहरू फालेका छन्।
मेस्सीको झलक हेर्नका लागि हजारौँ प्रशंसकले १२,००० भारुसम्म तिरेका थिए। तर, उनी मैदानमा हिँड्दै आउँदा अधिकारीहरू र सेलिब्रेटीहरूको ठूलो समूहले उनलाई ढाकिदिएपछि फ्यानहरू निराश भएका थिए। अर्जेन्टिना र इन्टर मियामीका फरवार्ड मेस्सी सुरक्षाकर्मीसँग करिब २० मिनेटमै बाहिरिएपछि भीड आक्रोशित बनेका थिए।

पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले यस घटनाबाट आफू ‘गहिरो रूपमा विचलित र स्तब्ध’ भएको बताइन्। उनले घटनाको छानबिनको घोषणा गर्दै मेस्सी र स्टेडियममा भएको घटनाका लागि ‘खेलप्रेमीहरूसँग माफी’ मागेकी छन्। मुख्यमन्त्रीले एक्समा भनिन्, ‘छानबिन समितिले घटनाको विस्तृत जाँच गर्नेछ, जिम्मेवारी निर्धारण गर्नेछ र भविष्यमा यस्ता घटनाहरू दोहोरिन नदिनका लागि उपायहरू सिफारिस गर्नेछ।’
_1jkaGW9kxg.png)
यता, मेस्सीका एक प्रवक्ताले उनले पूर्वनिर्धारित समय प्रतिबद्धता पूरा गरेको बताए। एएफपीका अनुसार एक प्रहरी अधिकारीले पत्रकारहरूलाई बताएअनुसार कार्यक्रमका ‘मुख्य आयोजक’ पक्राउ परेका छन्, तर थप विवरण दिइएको छैन। अधिकारीले टिकट किनेकाहरूलाई आयोजकहरूले कसरी पैसा फिर्ता गर्न सक्छन् भन्ने विषयमा पनि अनुसन्धान गरिने बताए।
अखिल भारतीय फुटबल महासंघ (एआईएफएफ) ले यो ‘निजी कार्यक्रम’ मा आफ्नो संलग्नता नरहेको बताएको छ। मेस्सी आफ्नो ‘गोट (ग्रेटेस्ट अफ अल टाइम) टुर’ अन्तर्गत कोलकाता, हैदरावाद, मुम्बई र दिल्लीमा प्रचार कार्यक्रमहरूको शृङ्खलाका लागि भारतमा छन्।
_R1315Lc7aa.png)
उनको भ्रमण कोलकातामा आफ्नै ७० फिट (२१ मिटर) अग्लो मूर्ति अनावरण बाट सुरु भएको थियो, जसलाई ४५ जनाको टोलीले २७ दिन लगाएर बनाएका थिए। सुरक्षा चिन्ताका कारण मेस्सी भर्चुअल रूपमा उपस्थित भएका थिए।
फुटबलरलाई व्यक्तिगत रूपमा हेर्ने मौकाको लागि हजारौं फ्यानहरू शहरको स्टेडियममा पुगेका थिए। उनीहरू नारा लगाइरहेका थिए, जर्सी किनिरहेका थिए र ‘आई लभ मेस्सी’ लेखिएका हेडब्यान्ड लगाइरहेका थिए।
मेस्सी सुरुमा फ्यानहरूलाई हात हल्लाउँदै स्टेडियममा हिँडेका थिए, तर शनिबार उनको उपस्थिति अचानक समाप्त भएपछि, केही निराश फ्यानहरू पिचमा पसे र ब्यानर तथा पालहरू भत्काए, भने अरूले प्लास्टिकका कुर्सी र पानीका बोतलहरू फाले।
_zVv4zQAs5L.png)
एएफपी समाचार एजेन्सीका अनुसार सन् २०२२ का विश्वकप विजेता, जसलाई फुटबल इतिहासका महान् खेलाडीहरूमध्ये एक मानिन्छ, ले स्टेडियममा छोटो प्रदर्शनी खेल खेल्ने अपेक्षा गरिएको थियो।
स्टेडियममा रहेका एक फ्यानले भारतीय समाचार एजेन्सी एएनआईलाई भने, ‘केबल नेता र अभिनेताहरूले मात्र मेस्सीलाई घेरेका थिए... त्यसो भए हामीलाई किन बोलाए? हामीले १२,००० भारुको टिकट किन्यौं, तर हामी उनको अनुहार पनि देख्न सकेनौँ।’
_b10hPhgsC5.png)
एक आक्रोशित फ्यानले प्रेस ट्रस्ट अफ इन्डिया समाचार एजेन्सीलाई बताएअनुसार मानिसहरूले आठ पटकका बालोन डी'ओर विजेतालाई हेर्नका लागि एक महिनाको तलब बराबरको रकम तिरेका थिए। ‘मैले टिकटका लागि ५,००० भारु तिरेँ र मेस्सीलाई हेर्न मेरो छोरासँग आएको थिएँ, नेताहरूलाई होइन,’ उनले भने, ‘प्रहरी र सैन्य कर्मचारीहरू सेल्फी लिइरहेका थिए । यसको दोष व्यवस्थापनलाई जान्छ।’
मेस्सीलाई उनको संक्षिप्त भ्रमणमा इन्टर मियामीका टोलीका साथी र उरुग्वेका स्टार लुइस सुआरेज तथा अर्जेन्टिनाका रोड्रिगो डे पलले साथ दिएका थिए। रोयटर्स समाचार एजेन्सीका अनुसार बलिउड अभिनेता शाहरुख खानले पनि मेस्सीलाई दिनको सुरुमा भेटेका थिए।
_dA6c2ecwvd.png)
कोलकाता भारतीय राज्य पश्चिम बंगालको राजधानी हो र यो क्रिकेटको लागि क्रेजी भएको देशमा पनि ठूलो फुटबल फ्यानबेस भएको सहर हो। यस सहरमा स्थानीय क्लबहरूको डर्बीमा लाखौँ फ्यानहरू स्टेडियममा भेला भएको देख्नु सामान्य हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
-
स्वास्थ्यमन्त्रीले गरिन् खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन
-
रसुवा भन्सारबाट तानिएका यी हुन् ६ कर्मचारी, राजेन्द्र ढुङ्गाना नयाँ प्रमुख
-
संविधान संशोधनबारे पूर्वराष्ट्रपति यादव र भण्डारीकाे सुझाव : राष्ट्रिय सहमति, समावेशिता र प्रणाली सुधारमा जोड
-
एमालेको ठहरः जनतासँग दूरी बढ्नुको कारण नेताहरूको विलासी जीवनशैली
-
ऊर्जा उत्पादकहरूले भने, ’ऊर्जा क्षेत्रमा सरकारको बजेट सकारात्मक, तर चुनौती कार्यान्वयन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण