सिंहदरबार अगाडि घाइते जेनजीहरूकाे धर्ना, तस्बिरहरू
काठमाडौँ । विभिन्न माग राखेर अर्थमन्त्री रामेश्वर खनाललाई भेट्न सिंहदरबार जाँदा प्रवेश पास नपाएपछि जेनजी घाइतेहरू सिंहदरबार अगाडि धर्नामा बसेका छन् ।
रिलायन्स स्पीनिङ मिल्सको वैदेशिक रोजगारमा रहेकाहरूलाई निष्काशित प्रारम्भिक सार्वजनिक निष्कासन बाँडफाँड रोक्काका साथै नेपाल धितोपत्र बोर्डमा व्याप्त भ्रष्टाचारलाई छानबिन गर्न माग गर्दै उनीहरुले अर्थमन्त्री खनाललाई भेट्न खोजेका थिए । तर अर्थमन्त्रीलाई भेट्न नपाएपछि उनीहरुले आइतबार सिंहदरबारको पश्चिम गेटमा धर्नामा बसेका हुन् ।
जेनजी घाइतेहरूले रिलायन्स स्पीनिङ मिल्सको वैदेशिक रोजगारमा गएका नेपालीहरूको लागि निष्काशित आईपीओ बाँडफाँड प्रक्रियालाई तत्काल रोक्नुपर्ने, निष्पक्ष छानबिन आयोग गठनमा गरी तत्काल धितोपत्र बोर्ड अध्यक्ष सन्तोष नारायण श्रेष्ठलाई निलम्बन गर्नुपर्ने माग राखेका छन् ।
त्यस्तै बोर्ड अध्यक्ष दोषी ठहरिए तत्काल बर्खास्त गर्नुपर्ने र भ्रष्टाचारमा संलग्न दोषीहरूलाई हदैसम्मको कानुनी कारबाही गर्नुपर्ने उनीहरूको माग छ ।
_lsDRb9Zndd.jpg)
_ju2z9uXCWj.jpg)
_4MqaOO6eV5.jpg)
_g4LQ8uEUHQ.jpg)
_uyr7KAct7t.jpg)
_Ogtc8Py7MD.jpg)
_5KhNzT8sz2.jpg)
_AVb1ez02gG.jpg)
_O4RBSlZq4Z.jpg)
_JhtqHYJHbM.jpg)


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण