साफ क्लब महिला च्याम्पियनसिप : एपीएफ फुटबल क्लब फाइनल नजिक
सारांश
- एपीएफ फुटबल क्लब साफ क्लब महिला च्याम्पियनसिपको फाइनल नजिक पुगेको छ।
- रश्मिकुमारी घिसिङले खेलको ५२ औं मिनेटमा निर्णायक गोल गरिन्।
- एपीएफले कराँची सिटी एफसीलाई १-० गोलले हरायो, र अब इस्ट बंगालसँग खेल्नेछ।
काठमाडौँ । एपीएफ फुटबल क्लब काठमाडौँमा जारी साफ क्लब महिला च्याम्पियनसिपको फाइनल नजिक पुगेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार सम्पन्न खेलमा पाकिस्तानको कराँची सिटी एफसीलाई १–० गोल अन्तरले पराजित गर्दै एपीएफ फुटबल क्लब फाइनल नजिक पुगेको हो ।
एपीएफका लागि एक मात्रै निर्णायक गोल रश्मिकुमारी घिसिङले खेलको ५२ औंँ मिनेटमा गरेकी थिइन् । च्याम्पियनसिपमा एपीएफको यो दोस्रो जित हो ।
जितसँगै एपीएफले ३ खेलबाट ७ अंक पुर्याएको छ । लगातार दुई हार बेहोरको कराँची भने उपाधि होडबाट बाहिरिएको छ । एपीएफले अब लिग चरणमा भारतको इस्ट बंगला एफसीसँग अन्तिम खेल खेल्नेछ ।
पुस ५ गतेसम्म चल्ने च्याम्पियनसिपमा नेपालबाट एपीएफ फुटबल क्लब, भारतबाट इस्ट बंगाल, बंगलादेशबाट नसरिन स्पोट्र्स एकेडेमी, भुटानबाट ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसी र पाकिस्तानबाट कराँची सिटी एफसी सहभागी छन् ।
च्याम्पियनसिपको विजेताले १० हजार अमेरिकी डलर र उपविजेताले ५ हजार अमेरिकी डलर तथा बाँकी तीन टोलीले समान २ हजार अमेरिकी डलर प्राप्त गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण