बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

दिल्लीको वायु खतरनाक स्तरमा

सोमबार, २९ मङ्सिर २०८२, ०९ : १४
सोमबार, २९ मङ्सिर २०८२

नयाँ दिल्ली ।  भारतको दिल्ली र आसपासका क्षेत्रमा बाक्लो धुवाँ (स्मग) को तहले शहरलाई ढाकेपछि वायु गुणस्तर खतरनाक स्तरमा पुगेको छ ।

आईतवार भारतको वायु गुणस्तर व्यवस्थापन आयोग (सीएक्यूएम) ले ग्रेडेड रेस्पोन्स एक्शन प्लान (जीआरएपी) को चरण ४ लागू गरेको छ । शनिवारदेखि वायु गुणस्तर सूचकांक (एक्यूआई) ४५० भन्दा माथि पुगेपछि यो स्तरलाई स्थानीय बासिन्दाका लागि खतरनाक मानिएको छ ।

जीआरएपी चरण ४ अन्तर्गत कडा वायु प्रदुषण नियन्त्रण उपायहरू लागू गरिएका छन् । यसमा निर्माण कार्यहरू पूर्ण रूपमा प्रतिवन्ध, विद्यालयहरूलाई हाइब्रिड मोड (अनलाइन र अफलाइन) मा सञ्चालन गर्न निर्देशन, सरकारी तथा निजी कार्यालयहरूलाई ५० प्रतिशत कर्मचारी मात्र उपस्थित गराएर काम गर्न भनिएको र केही श्रेणीका सवारीसाधनहरूको दिल्ली प्रवेशमा प्रतिवन्ध लगाइएको छ ।

पछिल्ला केही वर्षयता दिल्ली र आसपासका क्षेत्रमा विशेष गरी नोभेम्बरदेखि फेब्रुअरीसम्मको जाडो महिनामा वायु प्रदूषणको समस्या बढ्दै गएको छ । यस अवधिमा फोक्सोसम्बन्धी रोगहरूबाट पीडित हुनेहरूको संख्या धेरै गुणा बढेको छ ।

यसैबीच, आइतबार बिहान उत्तर भारतका विभिन्न स्थानमा कुहिरोका कारण कम दृश्यताका बीच धेरै सवारीसाधनहरू आपसमा ठोक्किएका दुर्घटनाहरू रिपोर्ट भएका छन् । दिल्लीको वायु प्रदूषण अझै गम्भीर अवस्थामा रहेको छ र आगामी दिनमा सुधार हुने अपेक्षा गरिएको छ ।

सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप