केन्द्रको परिपत्र विपरीत सर्लाही- ४ बाट प्रदेशसभा सदस्य सिंहको नाम सिफारिस
सारांश
- नेपाली कांग्रेस केन्द्रको परिपत्र विपरीत सर्लाही ४ बाट वीरेन्द्रकुमार सिंहको नाम प्रतिनिधिसभा उम्मेदवारका लागि सिफारिस गरियो।
- क्षेत्रीय कार्यसमितिले अन्य उम्मेदवारको नाम हटाएर गगन थापा र वीरेन्द्रकुमार सिंहको नाम सिफारिस गरेको हो।
- डा.राजेश्वरसिंह कुशवाहले केन्द्रको परिपत्रको विरुद्ध उजुरी दिएका छन्, सिंहले एमाले नेताको झण्डा च्यातेका थिए।
काठमाडौँ । नेपाली कांग्रेस केन्द्रले परेको परिपत्र विपरीत सर्लाही ४ बाट प्रतिनिधिसभामा उम्मेदवारका लागि प्रदेशसभा सदस्य वीरेन्द्रकुमार सिंहको नाम सिफारिस भएको छ । क्षेत्रीय कार्यसमितिको बैठकले अन्य उम्मेदवारको नाम काटेर महामन्त्री गगन थापा र प्रदेशसभा सदस्य सिंहको नाम सिफारिस गरेको हो ।
सिंह २०७९ सालमा भएको प्रदेशसभा सदस्यमा सर्लाही ४ (क) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । केन्द्रले मङ्सिर १७ गते परिपत्र गर्दै प्रदेशसभा सदस्यलाई उम्मेदवारको रूपमा सिफारिस गर्न नपाइने उल्लेख गरेको थियो । ‘प्रदेश सभामा हाल बहाल रहनुभएका प्रदेश सभा सदस्यहरूको नाम उम्मेदवारका रूपमा सिफारिस गर्न पाइने छैन, ’ केन्द्रको परिपत्रमा लेखिएको थियो ।
उम्मेदवार सिफारिसका लागि निवेदन दिएका महासमिति सदस्य डा.राजेश्वरसिंह कुशवाहले केन्द्रको परिपत्र विपरीत प्रदेशसभा सदस्य सिंहलाई उम्मेदवार सिफारिस गरिएको भन्दै जिल्ला कार्यसमिति र प्रदेश कार्यसमितिमा उजुरी दिएका छन् । उनले उजुरीमा आफ्नो नाम उम्मेदवार सिफारिस गरिदिन पनि माग गरेका छन् ।
सिंहले एमाले नेता सरोज यादवलाई मुख्यमन्त्री नियुक्त गरिएपछि विरोधमा मुख्यमन्त्री कार्यालयको झन्डा च्यातेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण