एमाले महाधिवेशन
एमाले महासचिवमा शंकर र सुरेन्द्र भिड्ने लगभग पक्का
सोमबार, २९ मङ्सिर २०८२, ११ : २५
सारांश
- नेकपा एमालेको महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मनोनयन दर्ता भइरहेको छ।
- अध्यक्ष केपी शर्मा ओली र ईश्वर पोखरेल प्यानल बनाउन व्यस्त छन्।
- ओली समूहबाट महासचिवमा शंकर पोखरेल र पोखरेल समूहबाट सुरेन्द्र पाण्डेले उम्मेदवारी दिने तयारी छ।
काठमाडौँ । नेकपा एमालेको ११औँ महाधिवेशन अन्तरगत नयाँ नेतृत्व चयनका लागि मनोनयन दर्ताको प्रक्रिया चलिरहँदा अध्यक्षका प्रतिस्पर्धीहरु प्यानल बनाउन व्यस्त छन् ।
तेस्रो कार्यकालका लागि उम्मेदवारी दिन लागेका अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्षका उम्मेदवार ईश्वर पोखरेल प्यानल बनाउन लागिपरेका हुन् ।
एमाले स्रोतका अनुसार ओलीको टिमबाट महासचिवमा शंकर पोखरेलले प्रतिस्पर्धा गर्ने लगभग पक्का भएको छ ।
यस्तै पोखरेल प्यानलबाट सुरेन्द्र पाण्डेले उम्मेदवारी दर्ता गराउने तयारी गरेका छन् । सोमबार बिहान पोखरेल समूहले आफ्नो टिमबाट पाण्डेलाई महासचिवको उम्मेदवार बनाउने निर्णय गरेको थियो ।
पाण्डे हाल उपाध्यक्ष रहेका छन् भने पोखरेल वर्तमान महासचिव हुन् । एमालेको नेतृत्वसहितको नयाँ कमिटी चयनका लागि मंगलबार निर्वाचन गर्ने तयारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण