आईपीएल २०२६ को मिति घोषणा, उद्घाटन खेलबारे अन्योल
सारांश
- आईपीएल २०२६ मार्च २६ देखि सुरु हुनेछ, फाइनल मे ३१ मा हुनेछ।
- टी-२० विश्वकप पछि आईपीएल आयोजना हुनेछ, तर तालिका बीसीसीआईले घोषणा गरेको छैन।
- चिन्नास्वामी स्टेडियमको उपलब्धतामा अनिश्चितता छ, किनभने एक घटनामा प्रशंसकको मृत्यु भएको थियो।
नयाँ दिल्ली । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को सुरुवात मार्च २६ बिहीबारदेखि हुने भएको छ भने फाइनल खेल मे ३१ आइतबारका दिन खेलाइनेछ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले अहिलेसम्म पूर्ण तालिकाको आधिकारिक घोषणा भने गरेको छैन। यद्यपि, सञ्चार माध्यमहरूको रिपोर्टअनुसार, आईपीएलका सीईओ हेमांग अमीनले लिलामीअघि भएको एक ब्रिफिङमा सिजन १९ को मितिहरूको पुष्टि गरेका हुन्।
आईपीएल २०२६ को आयोजना टी-२० विश्वकप समाप्त भएको करिब तीन हप्तापछि हुनेछ। टी-२० विश्वकप फेब्रुअरी ७ देखि मार्च ८ सम्म भारत र श्रीलंकामा प्रस्तावित छ।
- उद्घाटन खेल चिन्नास्वामी स्टेडियममा हुनेमा शङ्का
प्रतियोगिताको उद्घाटन खेललाई लिएर अहिले अनिश्चितता छ। परम्पराअनुसार पहिलो खेल साबिक विजेता टोलीको घरेलु मैदानमा खेलाइन्छ, तर बेंगलुरुको एम. चिन्नास्वामी स्टेडियमको उपलब्धतामा स्थिति स्पष्ट छैन। यो विषय अबु धाबीको डब्ल्यू होटलमा भएको ‘प्रि-अक्सन’ बैठकमा फ्रान्चाइजी प्रतिनिधिहरूबिच छलफलको विषय बनेको थियो।
कर्नाटक राज्य क्रिकेट संघ (केसीए) लाई आईपीएल खेलहरूको आयोजनाको लागि सशर्त अनुमति मिलेको छ। हालै उप-मुख्यमन्त्री डीके शिवकुमारले राज्य सरकार यस मुद्दामा सकारात्मक रहेको र गृहमन्त्री जी. परमेश्वरले केसीए अधिकारीहरूसँग बैठक गरेर अन्तिम निर्णय लिने बताएका थिए।
चिन्नास्वामी स्टेडियमलाई लिएर अनिश्चितताको मुख्य कारण जून ४ मा भएको भगदड हो, जसमा आरसीबीको जितको खुसीयाली मनाउने क्रममा ११ प्रशंसकको मृत्यु भएको थियो। त्यसपछि राज्य सरकारले यस स्टेडियममा ठुला कार्यक्रमहरू आयोजना गर्न कडा अडान लिएको छ। यही कारणले गर्दा बीसीसीआईले महिला विश्वकपका केही खेल बेंगलुरुबाट बाहिर सार्नुपरेको थियो।
- आईपीएल र पीएसएल बिच लगातार दोस्रो वर्ष टक्कर
आईपीएलको आयोजना लगातार दोस्रो वर्ष पाकिस्तान सुपर लीग (पीएसएल) सँग जुध्ने भएको छ। पीएसएलको तालिका मार्च २६ देखि मे ३ सम्म रहेको छ, जसको अर्थ दुवै लिगहरू लगभग एकै समयमा सञ्चालन हुनेछन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण