बिलविजक नभएको २२ लाखभन्दा बढीको सामानसहित चालक नियन्त्रणमा
सारांश
- सशस्त्र प्रहरीले सिन्धुपाल्चोकको बाह्रबिसे बजारबाट चिनियाँ किराना सामानसहित एक जनालाई नियन्त्रणमा लियो।
- नियन्त्रणमा लिइएका व्यक्ति शिवलाल तामाङ्ग हुन्, र उनले भन्सार प्रज्ञापन पत्र देखाउन सकेनन्।
- बरामद सामानको अनुमानित मूल्य ७ लाख २२ हजार १० रुपैयाँ र गाडीको १५ लाख रुपैयाँ रहेको छ।
काठमाडौँ । बिलविजक तथा भन्सार प्रज्ञापन पत्र नभएको चिनियाँ किराना सामानसहित सोमबार सशस्त्र प्रहरी बलले सिन्धुपाल्चोक जिल्लाको बाह्रविसे नगरपालिका–४, बाह्रबिसे बजारबाट एक जनालाई नियन्त्रणमा लिएको छ।
सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश लामोसाँघुबाट खटिएको सुरक्षा फौजले सोही जिल्लाको बाह्रविसे नगरपालिका–६ बस्ने शिवलाल तामाङ्गलाई नियन्त्रणमा लिएको हो।
तातोपानीबाट खाडिचौरतर्फ आउँदै गरेको बा ४ ख ५८६४ नम्बरको आईचर गाडीमा राखी ल्याइएको सामानको बिलविजक तथा भन्सार प्रज्ञापन पत्र फेला नपरेपछि गाडीका चालक तामाङ्गलाई नियन्त्रणमा लिइएको थियो।
नियन्त्रणमा लिइएका सामानहरूमा स्टेशनरी, खेलकुद र किराना लगायतका वस्तुहरू छन्। बरामद सामानको अनुमानित मूल्य ७ लाख २२ हजार १० रुपैयाँ र गाडीको १५ लाख रुपैयाँसहित जम्मा मूल्य २२ लाख २२ हजार १० रुपैयाँ रहेको छ।
नियन्त्रणमा लिइएका तामाङ्गलाई बरामद सामान तथा गाडीसहित आवश्यक कारबाहीका लागि तातोपानी भन्सार कार्यालय, सिन्धुपाल्चोकमा बुझाउने प्रक्रियामा रहेको सशस्त्र प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण