काठमाडौं महानगरपालिकाले नदी किनार र सार्वजनिक जग्गा संरक्षण गर्न तारबार लगाउने
सारांश
- काठमाडौं महानगरपालिकाले नदी किनार र सार्वजनिक जग्गाको संरक्षणका लागि तारबार गर्ने भएको छ।
- महानगरपालिकाले ३२ वटै वडालाई तारबार गर्नुपर्ने जग्गाको विवरण पठाउन पत्राचार गरेको छ।
- आर्थिक वर्ष २०८१/०८२ को बजेटअनुसार 'कोरिडोर फेन्सिङ वक्र्स' सञ्चालन गरिनेछ।
काठमाडौंँ । काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका नदी किनार र अतिक्रमणको जोखिममा रहेका सार्वजनिक जग्गाहरूको संरक्षणका लागि तारबार गर्ने भएको छ । महानगरको सार्वजनिक निर्माण विभागले एक सूचना जारी गर्दै यससम्बन्धी कार्य अघि बढाएको हो ।
विभागले महानगरपालिका अन्तर्गतका सबै ३२ वटै वडाहरूलाई पत्राचार गरी तारबार गर्नुपर्ने आवश्यक खोला किनार र सार्वजनिक जग्गाहरूको विवरण उपलब्ध गराउन अनुरोध गरेको छ । आर्थिक वर्ष २०८१÷०८२ को स्वीकृत बजेट तथा कार्यक्रमअनुसार ‘कोरिडोर फेन्सिङ वक्र्स’ सञ्चालन गर्न लागिएको पत्रमा उल्लेख छ ।
विभागका विभागीय प्रमुख सुरेश कुमार राईद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ ‘विभिन्न वडा (१–३२) का खोला किनार तथा सार्वजनिक जग्गा संरक्षण कार्यका लागि आवश्यक खरिद प्रक्रिया सम्पन्न गरी योजना कार्यान्वयनका क्रममा रहेको हुँदा, तहाँ वडा क्षेत्र भित्र सुधार एवं संरक्षण आवश्यक रहेका खोला किनार एवं सार्वजनिक जग्गाहरूको विवरण उपलब्ध गराइदिनुहुन अनुरोध छ ।’
यो योजना कार्यान्वयनका लागि आवश्यक खरिद प्रक्रिया सुरु भइसकेको र अब वडाहरूबाट विवरण प्राप्त हुनासाथ काम अघि बढाइने महानगरले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण