‘सरकार जेनजी युवाको निराशालाई सम्बोधन गरेर अगाडि बढ्नुपर्छ’
काठमाडौँ । जेनजी प्रतिनिधिहरुले वर्तमान सरकारले जेनजी युवाको निराशालाई सम्बोधन गरेर अगाडि बढ्नुपर्ने बताएका छन् ।
नेपाल कानुन समाज र जेनजी समूहद्वारा आयोजित जेनजी आन्दोलनको सय दिनःउपलब्धि र भावि रणनीति अन्तरक्रियामा सहभागीले जेनजी आन्दोलनको १०० दिन पूरा हुँदा पनि सरकारले युवाको निराशालाई सम्बोधन गर्न नसकेको भन्दै निराश व्यक्त गरेका हुन् ।
गरिखान देऊ अभियानका अध्यक्ष मिराज ढुङ्गानाले राज्यका तर्फबाट अवसर नपाउँदा जेनजी आन्दोलन भएको बताए । उनले जेनजीभित्र देखिएको निराशालाई सरकारले सम्बोधन गर्नुपर्ने उल्लेख गरे । भ्रष्टाचार नियन्त्रण, स्थिर सरकार, रोजगारी सिर्जना अहिलेको आवश्यकता भएको उनको भनाइ थियो ।
जेनजी संयोजन समितिका संयोजक लेलिन विष्टले वर्तमान सरकारले जेनजी समूहको मुद्दालाई सम्बोधन गर्न नसकेको बताउनुभयो । संविधान संशोधनविना जेनजी पुस्ताले राखेको मागलाई सम्बोधन गर्न नसक्ने उनको भनाइ थियो । उनले भ्रष्टचार नियन्त्रण, राजनीतिक नियुक्ति खारेज, सरकारको पुर्नगठनलगायत अहिलेको मुख्य आवश्यकता रहेको उल्लेख गरे ।
सहिद परिवारकोतर्फबाट कमल सुवेदीले सहिद परिवारले राखेको मागलाई सरकारले गम्भीर रुपमा नलिएको बताए । उनले सहिद र घाइतेको माग अहिलेसम्म पूरा हुन नसक्नु दुःखद् भएको बताउँदै माग पूरा नभए पुनःसडक सङ्घर्षमा जान बाध्य हुनुपर्ने बताए ।
जेनजी मुभमेन्ट नेपालका संरक्षक रविकिरण हमालले सर्वपक्षीय सरकार निर्माण गरेर संविधानलाई पुनर्लेखन गरेर अगाडि बढेमात्र जेनजीले राखेको माग पूरा हुने उल्लेख गरे । युवाको मागलाई सम्बोधन गर्न नसक्ने संसद् पुनःस्थापनाले राष्ट्रलाई आवश्यक नभएको उनको भनाइ थियो ।
जेनजी वार्ता टोली समितिका सदस्य किशोरी कार्कीले जेनजी आन्दोलनका दोषीलाई कारबाही गरेमात्र जेनजी पुस्ताले न्याय पाउने बताए । उनले जेनजी आन्दोलनका घाइतेलाई शिक्षा, स्वास्थ्य र रोजगारी प्रदान गर्न आग्रह गरे । घाइतेकोतर्फबाट विकास यादवले जेनजी आन्दोलनका क्रममा आफूले चार गोली खाएको बताए ।
स्वतन्त्र जेनजी संयोजक डा. जगत् विकले देशको विकासका लागि जेनजी आन्दोलन भएको बताए । शान्ति, सुरक्षा र सुशासन जेनजीले चाहेको भए पनि अहिले उक्त माग पूरा हुन नसकेको उहाँको भनाइ थियो । वर्तमान सरकारले देशलाई निकाश दिन नसक्ने उनले बताए ।
वार्ता टोलीका सदस्य टीकाराम लिम्बूले सर्वोच्च अदालत, अख्तियारलगायत संवैधानिक निकायमा राजनीतिक हस्तक्षेप हुँदा कसरी स्वतन्त्र न्याय पाउन सकिन्छ भनी प्रश्न गरे । सरकार, जेनजी पुस्ता, राजनीतिक दल बसेर राष्ट्रिय सहमतिको सरकार अहिलेको आवश्यकता भएको उनले बताए ।
कमन जेनजीका संयोजक विकेश शाहले जेनजी आन्दोलनका हत्यारालाई कारबाही गर्न वर्तमान सरकार चुकेको बताए । जेनजीको चाहना विकास, शान्ति र सुशासन भएको उनको भनाइ थियो ।
जेनजी आन्दोलनका अभियन्ता अजय सोडारीले जेनजी चुनावका लागि नलडेको बताउनुभयो । उहाँले जेनजी आन्दोलन हालसम्म पनि नसकिएको उल्लेख गरे । जेनजी आन्दोलनका अभियन्ता सुनील सिंहले जेनजीले आफ्नो माग पूरा नभएसम्म आन्दोलन जारी राख्ने बताए ।
संविधानसभा सदस्य डा. खिमलाल देवकोटाले संविधान संशोधनलाई गर्दा कुन बाटोबाट गर्ने भन्नेबारे बहस र छलफल चलाउनुपर्ने बताए । वरिष्ठ अधिवक्ता डा. नारायण घिमिरेले विधिको शासन, सुशासन र भ्रष्टाचारको अन्त्य आजको आवश्यकता भएको बतांए । उनले संविधान संशोधनका लागि आयोग बनाएर सबै राजनीतिक दलको सहभागितामा हुनुपर्ने उल्लेख गरे ।
नेपाल कानून समाजका प्रमुख कार्यकारी निर्देशक कृष्णमान श्रेष्ठले जेनजी समूह एकढिक्का भएर अगाडि बढेमात्र जेनजीको माग पूरा गर्न सहज हुने बताए ।
समाजका कार्यक्रम संयोजक मोहन आचार्यले सुशासन कायम गरी स्थायी सरकार अवको आवश्यकता भएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
-
सरकारमाथि क्रान्तिकारी कम्युनिस्ट पार्टीको आरोप : देशलाई सिक्किमीकरणको दिशामा लगियो
-
युरेनियम उत्खननमा अब राज्यको एकाधिकार
-
कांग्रेस विवाद मिलाउन निरन्तर वार्तामा पूर्णबहादुर–विश्वप्रकाश
-
‘निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो’
-
साताको अन्तिम दिन ११.३७ अङ्कले घट्यो सेयर बजार, कारोबार रकम भने बढ्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण