जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ
सारांश
- भक्तपुर र नवलपरासीमा जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ परेका छन्।
- भक्तपुरमा राधेश्याम सैजुसहित १२ जना २ लाख १४ हजार ९ सय ५० रुपैयाँसहित पक्राउ परे।
- नवलपरासीमा नन्दराज गुरुङ र तेजबहादुर चौधरी १ लाख ४७ हजार ८ सय ८५ रुपैयाँ र १६ थान कौडासहित पक्राउ परे।
काठमाडौँ । भक्तपुर र नवलपरासी पूर्वमा जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ परेका छन् । प्रहरीले उनीहरूलाई नगदसहित बिहीबार पक्राउ गरेको हो । भक्तपुरको भक्तपुर नगरपालिका–७ गोलमडीबाट जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ६२ वर्षीय राधेश्याम सैजुसहित १२ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख १४ हजार ९ सय ५० रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।
त्यस्तै, नवलपरासी पूर्व, मध्यबिन्दु नगरपालिका–३ बर्मस्थान बस्ने ५२ वर्षीय नन्दराज गुरुङको घरमा जुवा खेलिरहेको अवस्थामा नन्दराज र सोही नगरपालिका–२ बस्ने ४२ वर्षीय तेजबहादुर चौधरीलाई गएराति प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ४७ हजार ८ सय ८५ रुपैयाँ र १६ थान कौडा सहित पक्राउ गरेको हो । पक्राउ परेकाहरूमाथि प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण