बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

विभिन्न जिल्लाबाट लागु औषधसहित १३ जना पक्राउ

शुक्रबार, ०४ पुस २०८२, १३ : १४
शुक्रबार, ०४ पुस २०८२

सारांश

  • विभिन्न जिल्लाबाट लागुऔषधसहित १३ जना पक्राउ परेका छन्, जसमा ब्राउन सुगर र अन्य लागुऔषधहरू फेला परेका छन्।
  • धनुषा, सुनसरी, झापा, सिराहा र दाङ लगायतका जिल्लाहरूमा लागुऔषध ओसारपसारमा संलग्न व्यक्तिहरू पक्राउ परेका छन्।
  • पक्राउ परेका व्यक्तिहरूमाथि आवश्यक अनुसन्धान भइरहेको छ र उनीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरिएको थियो।

काठमाडौँ । विभिन्न जिल्लाबाट लागु औषधसहित १३ जना पक्राउ परेका छन् । धनुषा, झापा, सुनसरी लगायतका जिल्लाबाट १३ जना पक्राउ परेका हुन् ।

धनुषाको विदेह नगरपालिका–१ बाट ब्राउन सुगरजस्तो देखिने करिब २ सय ६० मिलिग्राम  पदार्थसहित सबैला नगरपालिका–२ बस्ने १९ वर्षीय राहुल ठाकुरलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी ठाडीझिझाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

त्यस्तै सुनसरीको बराहक्षेत्र नगरपालिका–७ सोमबारेबाट  ट्रामाडोल १ सय ९७ ट्याब्लेट र स्पास्पेन १ सय ९७ ट्याब्लेटसहित सोही नगरपालिका–७ पिपल गाछी बस्ने २१ वर्षीय प्रदीप थापालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनलाई उक्त लागु औषधसहित पक्राउ गरेको हो ।

उता, झापाको बुद्धशान्ति गाउँपालिका–३ डाँडागाउँबाट ब्राउन सुगरजस्तो देखिने पदार्थ ८ सय मिलिग्राम सहित सोही ठाउँ बस्ने २७ वर्षीय बबिन राईलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यसैगरी झापाको दमक नगरपालिका–३ स्थित भुटानी शरणार्थी शिविरबाट खैरो हेरोइनजस्तो देखिने पदार्थ ३ सय ३० मिलिग्राम सहित ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २६ वर्षीय

आशिष राई, ३८ वर्षीय कुशल प्रधान र ३७ वर्षीय पूर्णबहादुर राई रहेका छन् । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले आशिषको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

झापाकै भद्रपुर नगरपालिका–४ डाँगीबारीबाट ब्राउन सुगर जस्तो देखिने पदार्थ २ ग्रामसहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बिर्तामोड नगरपालिका–९ नरियाबारी बस्ने २४ वर्षीय राजु राजवंशी र २३ वर्षीय पारश गौरेपिप्ले रहेका छन् । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

त्यस्तै, झापाकै भद्रपुर नगरपालिका–५ मेची पुलबाट ब्राउन सुगरजस्तो देखिने पदार्थ २१ ग्राम ९० मिलिग्रामसहित सोही नगरपालिका–५ मन्त्री बस्ती बस्ने २३ वर्षीय राजेन राजवंशीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी

कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

उता, सिराहाको लहान नगरपालिका–२३ गढिया चोकबाट खैरो हेरोइनजस्तो देखिने पदार्थ १६ ग्राम ५ सय मिलिग्रामसहित २ जनालाई बिहीबार बेलुका प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका–२३ बस्ने ३६ वर्षीय विजयकुमार साह र ३१ वर्षीय सुरेन्द्र कुमार दास रहेका छन् । लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय गोलबजार समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

त्यस्तै दाङको राप्ती गाउँपालिका–४ गोपिनालाबाट  खैरो हेरोइनजस्तो देखिने ३ सय ४० मिलिग्राम पदार्थसहित सोही गाउँपालिका–४ बुढिचौर बस्ने २५ वर्षीय भूपाल थापालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भालुवाङबाट खटिएको प्रहरीले रा.५ प ५६९१ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

त्यस्तै सुनसरीको इटहरी उपमहानगरपालिका–५ बाट ब्राउन सुगर जस्तो देखिने पदार्थ ७ सय मिलिग्रामसहित सोही ठाउँ बस्ने २८ वर्षीय सन्तोष दमाईलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

पक्राउ परेकाहरूमाथि प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप