कतार आइपुगेका खगेन्द्र र रुद्रकली के गर्दै छन् ? (तस्बिरहरू)
कतार । चितवनको हात्तीसारमा जन्मिएका खगेन्द्रप्रसाद र रुद्रकली नामका दुई हात्तीलाई सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरी बुधबार साँझ कतारको अलखोर पार्कस्थित चिडियाघरमा ल्याइएको छ ।
७ वर्षीया रुद्रकली सन् २०१८ मा जन्मिएको हो भने ६ वर्षको खगेन्द्र सन् २०१९ मा खोरसोर प्रजनन केन्द्रमा जन्मिएको थियो । यी दुवै वयस्क हात्ती लाई हेर्न कतार स्थित अलखोर पार्कस्थित चिडियाघर भरिभराउ देखिएको थियो ।
रूद्रकलीका माउते बुद्धिलाल श्रेष्ठले रुद्रकलीलाई तलाउमा नुहाइरहेका थिए भने खगेन्द्रप्रसादका माउते पाचुखा थारुले खगेन्द्रप्रसादको पिठ्युँमा फुलबुट्टा भरेर सिँगारिरहेका थिए ।
२०८१ वैशाख ११ र १२ गते कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल भ्रमणका क्रममा नेपाल सरकारले एक जोडी हात्ती कतारलाई उपहार दिने निर्णय गरे अनुसार कतार आइपुगेका दुई हात्ती पर्यटकको आकर्षणको केन्द्र बनेका हुन् ।
अत्याधुनिक र प्रविधिमैत्री बासस्थान हात्तीहरूलाई देख्न सकिन्छ । रुद्रकली जम्मा ३ महिनाको हुँदा नै आमा पुजाकलीको मृत्यु भएको थियो । रुद्रकली र खगेन्द्रप्रसाद जंगली हात्ती “रोनाल्डो”का सन्तान हुन् ।

_imVM273UxJ.jpg)

_OGLkyO4e6f.jpg)

_GYpRvaJLrW.jpg)
_nVbbdmJ5HP.jpg)





_9wPwxA6Wk5.jpg)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
-
के भयो सलमान खानलाई ?
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण