मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

राजेश खन्ना र अमिताभबिच प्रतिस्पर्धाको किस्सा

शनिबार, ०५ पुस २०८२, ०८ : ०७
शनिबार, ०५ पुस २०८२

सारांश

  • राजेश खन्ना र अमिताभ बच्चनको सम्बन्ध सधैं चर्चामा रह्यो, 'जन्जिर' पछि अमिताभको उदय भयो।
  • राजेश खन्नाको अन्तिम संस्कारमा अमिताभले समयको परिवर्तनबारे भावुक कुरा गरे, मनोज देसाईले यसलाई जीवनको नश्वरतासँग जोडे।
  • राजेश खन्ना ढिलो आउने बानीले परिचित थिए, उनको निधनपछि अमिताभ बच्चन अझै सिनेमामा सक्रिय छन्।

मुम्बई । हिन्दी सिनेमाका दुई दिग्गज सुपरस्टार राजेश खन्ना र अमिताभ बच्चन बिचको प्रतिस्पर्धा र सम्बन्ध सधैँ चर्चाको विषय बनिरह्यो। सन् १९६९ पछि राजेश खन्ना बलिउडमा यसरी छाए कि उनलाई टक्कर दिने कोही थिएन। उनी फिल्म उद्योगकै पहिलो र सबैभन्दा ठुलो सुपरस्टार मानिन्थे। 

तर, सन् १९७३ मा ‘जन्जिर’ फिल्म सार्वजनिक भएपछि बलिउडमा अमिताभ बच्चनको उदय भयो र राजेश खन्नाको एकछत्र साम्राज्यमा चुनौती थपियो।

यसै सन्दर्भमा थिएटर मालिक तथा निर्माता मनोज देसाईले एक निकै भावुक र गम्भीर किस्सा साझा गरेका छन्। राजेश खन्नाको अन्तिम संस्कारका बेलाको घटना सम्झिँदै उनले सुपरस्टार खन्नाको पार्थिव शरीर नजिकै अमिताभ बच्चन बसेको बताए। 

खन्नाको बंगला ‘आशीर्वाद’ बाट शव यात्रा निकाल्नुअघि कसैको प्रतीक्षा भइरहेको थियो। त्यही बेला खन्नाको शवलाई हेर्दै अमिताभले सुस्तरी भनेका थिए, ‘समय समयको कुरा हो, मैले उनका लागि सुटिङ सेटमा दुई-दुई घण्टासम्म कुरेको छु, आज हेर त।’

अमिताभको यो कुरा सुनेपछि मनोज देसाईले जवाफ दिएका थिए, ‘अन्ततः सबैले भोग्नुपर्ने परिणाम यही नै हो।" ती राजेश खन्ना, जसलाई भेट्न र देख्न मानिसहरू घण्टौँ प्रतीक्षा गर्थे, आज उनकै अन्तिम बिदाइका लागि एउटा व्यक्तिको पर्खाइमा शव रोकिएको थियो।’ यो दृश्यले समयको बलवान् शक्ति र जीवनको नश्वरतालाई प्रस्ट पारेको देसाईको अनुभव छ।

राजेश खन्ना फिल्म क्षेत्रमा ढिलो आउने र अरूलाई पर्खाउने स्वभावका लागि निकै चर्चित थिए। उनी कहिल्यै समयमा सेटमा पुग्दैनथे भने अन्तर्वार्ता दिनेहरूले पनि उनलाई कुरिरहनुपर्थ्यो। 

सन् २०१२ जुलाई १८ मा ६९ वर्षको उमेरमा खन्नाको निधन भयो। उनी बिदा भएर गए पनि अमिताभ बच्चन भने आज पनि भारतीय सिनेमाको शिखरमा सानका साथ उभिएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप