तराईमा बाक्लो हुस्सु र कुहिरो केही दिन कायम रहने
सारांश
- तराईमा लागेको बाक्लो हुस्सु र कुहिरो अझै केही दिन रहने सम्भावना छ ।
- मौसम विभागका अनुसार तीन दिनसम्म यसैगरी हुस्सु र कुहिरो लाग्नेछ ।
- मौसमविद्ले न्यानो रहन र तातो खानेकुरा खान सुझाव दिएका छन्।
काठमाडौँ । तराईमा लागेको बाक्लो हुस्सु र कुहिरो अझै केही दिन लम्बिने भएको छ ।
जल तथा मौसम विज्ञान विभागले बाक्लो हुस्सु र कुहिरो अझै तीन दिन कायम रहने भएकाले आवश्यक सावधानी अपनाउन सबैमा अनुरोध गरेको छ । विभागले जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पार्न सक्ने उल्लेख गरेको छ ।
विभागका मौसमविद् हरिप्रसाद दाहालले मंगलबार पनि देशको तराईका धेरै ठाउँमा हुस्सु/कुहिरो लागेको जानकारी दिए । उनले भने, “आगामी तीन दिनमा उल्लेख्य सुधार हुने सम्भावना नरहेकाले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातलगायत क्षेत्रमा प्रभाव पर्ने देखिएकाले आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध छ ।”
उनका अनुसार मंगलबार बिहान काठमाडौँको तापक्रम यो वर्षकै सबैभन्दा कम रेकर्ड भई ४ दशमलव ९ डिग्रीमा झरेको थियो । मौसमविद् दाहालले मुख्यगरी पानी पर्ने प्रणाली नभएको पश्चिमी वायु सक्रिय हुन नसकेकाले हुस्सु कुहिरो थप बढेको हो ।
मौसमविद्हरूले यस्तो अवस्थामा न्यानो भएर बस्न तथा तातो खानेकुरा खान सुझाव दिएका छन् ।
विभागले आज साँझ जारी गरेको बुलेटिनमा कोशीका तराई भू–भागमा भोलि मध्याह्नसम्म बाँकी भू–भागमा दिनभर नै हुस्सु र कुहिरो लाग्ने जानकारी गराइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण