पर्यटनको विकासका लागि लैङ्गिक संवेदनशील र लचिलो पर्यटन उद्यम प्रवर्द्धन आवश्यक: अध्यक्ष ढकाल
सारांश
- चन्द्रप्रसाद ढकालले पर्यटन विकासका लागि लैङ्गिक संवेदनशील पर्यटन उद्यम आवश्यक रहेको बताए ।
- उनले पर्यटनले रोजगारी सिर्जना र स्थानीय अर्थतन्त्र चलायमान बनाउन सहयोग गर्ने बताइन् ।
- आन्तरिक पुँजी परिचालन गरेर पूर्वाधार निर्माण गर्न सकिने उनको धारणा छ।
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालको पर्यटन क्षेत्रको विकासका लागि लैङ्गिक संवेदनशील, दिगो र लचिलो पर्यटन उद्यम प्रवर्द्धन आवश्यक रहेको बताएका छन् ।
बुधबार यहाँ आयोजित ‘लैङ्गिक उत्तरदायी, दिगो तथा उत्थानशील पर्यटन उद्यम प्रवर्द्धन’ विषयक उच्चस्तरीय नीतिगत संवाद कार्यक्रममा उनले पर्यटन क्षेत्र नेपालमा रोजगारी सिर्जना, वैदेशिक मुद्रा आर्जन र स्थानीय जीविकोपार्जनमा महत्त्वपूर्ण आधार रहँदै आएको बताए ।
अध्यक्ष ढकालले होमस्टे तथा समुदायमा आधारित पर्यटनका माध्यमबाट महिला उद्यमशीलता प्रवर्द्धन भइरहेको बताए । “पर्यटन नेपालको अर्थतन्त्रको प्रमुख आधार हो । देशको आर्थिक विकासमा आन्तरिक तथा बाह्य दुवै पर्यटनको उत्तिकै योगदान रहेको छ । यद्यपि, पछिल्लो समय आन्तरिक पर्यटन फस्टाउँदो अवस्थामा छ । यसले रोजगारी सिर्जना तथा स्थानीय अर्थतन्त्र चलायमान बनाउन ठुलो सहयोग गरेको छ”, उनले भने ।
पर्यटन क्षेत्रमा महिलाको सहभागिता बढ्दै गएको र यसले महिलालाई आत्मनिर्भर बन्न सघाउन पुर्याएको चर्चा गर्दै अध्यक्ष ढकालले महासङ्घले महिलाको उद्यमशीलता विकास तथा नेतृत्व विकसमा थुप्रै नीतिगत सुधार गरेको उल्लेख गरे ।
उनले नेपालमा केही भएको छैन भन्ने भाष्य परिवर्तन गर्नुपर्नेमा जोड दिँदै अब आन्तरिक पुँजी परिचालन गरेर पूर्वाधार निर्माण तथा अन्य उद्यमशील काम गर्न सकिने धारणा राखे । सोही सोचका साथ महासङ्घको पहलमा रु १० अर्बमा नेपाल डेभलपमेन्ट कम्पनी लिमिटेड स्थापना गरी काम भइरहेको जानकारी दिँदै अध्यक्ष ढकालले आन्तरिक बचतलाई एकीकृत गर्न तथा उद्यमशीलताका लागि आवश्यक पुँजी व्यवस्था गर्न कम्पनीले सहयोग गर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण