कोहली र रोहितद्वारा कीर्तिमानको वर्षा : विजय हजारे ट्रफीमा नयाँ इतिहास
सारांश
- विराट कोहलीले घरेलु क्रिकेटमा सचिन तेन्दुलकरको कीर्तिमान तोड्दै १६ हजार रन पूरा गरे।
- रोहित शर्माले १५५ रन बनाउँदै डेभिड वार्नरको कीर्तिमानसँग बराबरी गरे।
- कोहली र रोहित लामो समयपछि घरेलु प्रतियोगितामा फर्किएर उत्कृष्ट प्रदर्शन गरे।
काठमाडौँ । भारतीय ब्याटिङका दुई खम्बा विराट कोहली र रोहित शर्माले घरेलु क्रिकेटमा सानदार पुनरागमन गर्दै नयाँ कीर्तिमान कायम गरेका छन् । बेंगलुरुमा जारी विजय हजारे ट्रफीमा आन्ध्र प्रदेश विरुद्धको खेलमा कोहलीले सचिन तेन्दुलकरलाई पछि पार्दै पुरुष लिस्ट ए क्रिकेटमा सबैभन्दा छिटो १६ हजार रन पूरा गर्ने खेलाडीको उपलब्धि हासिल गरेका हुन् ।
उनले मात्र ३३० इनिङ्समा यो सफलता प्राप्त गरे, जबकि यसअघि यो रेकर्ड ३९१ इनिङ्सका साथ तेन्दुलकरको नाममा थियो । १० हजार रनदेखि हरेक १ हजारको खुड्किलोमा कोहली अहिले विश्वकै सबैभन्दा तीव्र गतिमा रन बनाउने ब्याटर बनेका छन्। तेन्दुलकर र कोहली मात्र यो सूचीको शीर्ष पाँचमा रहेका भारतीय हुन् ।
अर्कोतर्फ, जयपुरमा सिक्किम विरुद्धको खेलमा मुम्बईबाट खेल्दै रोहित शर्माले पनि विस्फोटक ब्याटिङ गरे। उनले १५५ रनको इनिङ्स खेल्दै लिस्ट ए क्रिकेटमा डेभिड वार्नरको सर्वाधिक ९ पटक १५० भन्दा बढी रन बनाउने कीर्तिमानको बराबरी गरे।
रोहितले मात्र ६२ बलमा शतक पूरा गरेका थिए भने ९४ बलको आफ्नो इनिङ्समा १८ चौका र ९ छक्का प्रहार गरे। यससँगै उनी ३८ वर्ष २३८ दिनको उमेरमा विजय हजारे ट्रफीमा शतक बनाउने दोस्रो जेठो खेलाडी समेत बनेका छन्।
यी दुवै दिग्गज खेलाडी लामो समयपछि भारतको यो प्रतिष्ठित ५० ओभरको घरेलु प्रतियोगितामा फर्किएका हुन्। कोहली सन् २००९१० पछि र रोहित सन् २०१७–१८ पछि पहिलो पटक यो प्रतियोगितामा देखिएका हुन्।
दक्षिण अफ्रिका र अस्ट्रेलिया विरुद्धको हालैका अन्तर्राष्ट्रिय खेलहरूमा उत्कृष्ट प्रदर्शन गरिसकेका कोहली र रोहित टेस्ट र ट्वेन्टी–२० बाट सन्न्यास लिइसकेका भए पनि सन् २०२७ को एकदिवसीय विश्वकपका लागि भने अझै पूर्ण रूपमा तयार र फर्ममा रहेको सन्देश दिएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण