बालेन र कुलमान पुनः निर्णायक वार्तामा
सारांश
- ऊर्जा मन्त्री कुलमान घिसिङ र मेयर बालेन शाहबीच निर्णायक वार्ता भइरहेको छ।
- यसअघि बिहान पनि भेटवार्ता भएको थियो र पुनः छलफल गर्ने सहमति भएको थियो।
- यो भेटघाट रवि लामिछाने, घिसिङ र बालेन शाहको निरन्तर संवादको एक हिस्सा हो।
काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बिच बिहीबार राति पुनः निर्णायक वार्ता भइरहेको छ ।
उज्यालो नेपाल पार्टीका संरक्षकसमेत रहेका घिसिङ र बालेनबिच बिहीबार बिहान पनि भेट भएको थियो । सोही भेटमा पुनः वार्ता गर्ने सहमति भएपछि अहिले दुबैबिच छलफल चलिरहेको हो । कुलमान निकट स्रोतका अनुसार करिब एक घण्टादेखि वार्ता जारी छ । कुलमाननिकट स्रोतले भन्यो, ‘करिब एक घण्टादेखि वार्ता जारी छ ।’ स्रोतले स्थान भने खुलाउन चाहेनन् ।
कुलमान र बालेनबिच यो तेस्रो पटकको भेट हो ।
केही दिनयता रवि लामिछाने, कुलमान घिसिङ र बालेन शाहबिच निरन्तर संवाद र वार्ता भइरहेको छ। बिहीबार दिभरमात्रै बालेनले ज्वागलमा करिब १२ घण्टा लामो म्याराथन भेटघाट गरेका थिए । सो क्रममा उनले लामिछाने र घिसिङसँग मात्र नभई जेनजी नेतादेखि पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईसम्मसँग भेट गरेका थिए ।
बालेनले विगत केही दिनदेखि वैकल्पिक शक्तिहरूसँगको भेटघाटलाई निरन्तरता दिँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण