छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु
सारांश
- चितवन, मोरङ, तनहुँ र कास्कीमा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ।
- चितवनमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ, भने चालक घाइते भएका छन्।
- मोरङमा टिपरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु, चालक प्रहरी नियन्त्रणमा छन्।
काठमाडौँ । विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । चितवन, मोरङ, तनहुँ लगायतका जिल्लामा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको हो ।
चितवनको रत्ननगर नगरपालिका–९ टिकौलीस्थित सडकमा बा.प्र ०२–०३४ प ५२०५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शुक्रबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा सवार माडी नगरपालिका–१ गर्दी बस्ने २० वर्षीय तृशल महतोको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको सेन्ट्रल हस्पिटल भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।
त्यस्तै मोरङको ग्रामथान गाउँपालिका–५ ककडमाडीस्थित सडकमा प्र.१–०२–००१ ख ८७७० नम्बरको टिपरले प्र.१–०२–०५२ प ९००५ नम्बरको स्कुटरलाई बिहीबार साँझ ठक्कर दिँदा स्कुटरमा सवार सोही गाउँपालिका–५ बस्ने ३५ वर्षीय केशर कार्कीको छोरा १४ वर्षीय अनुप कार्कीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको नोबेल अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका स्कुटर चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यता, तनहुँको भिमाद नगरपालिका–६ जिद्धी खोलास्थित सडकमा ग.१ त. ४४५९ नम्बरको ट्याक्टर अनियन्त्रित भई बिहीबार साँझ दुर्घटना हुँदा ट्याक्टरमा सवार धादिङ रोराङ गाउँपालिका–१० बस्ने ३५ वर्षीय प्रेम चेपाङको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौतारा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार १ जनाको स्थानीय मेडिकल भिमादमा उपचार भइरहेको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
त्यस्तै कास्कीको पोखरा महानगरपालिका–७ मुस्ताङ चोकस्थित सडकमा हाल नम्बर नखुलेको बोलेरो जिपले ग.९ प ६१८५ नम्बरको स्कुटरलाई बिहीबार राति ठक्कर दिँदा स्कुटर चालक सोही महानगरपालिका–१७ हिमालीटोल बस्ने चितवन माडी नगरपालिका–४ घर भएका १८ वर्षीय विवेक रानाभाटको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो ।
हाल फरार जिप र चालकको प्रहरीले खोजी गरिरहेको छ । सबै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण