१एमडीबी मुद्दामा मलेसियाका पूर्वप्रधानमन्त्रीले शक्तिको दुरुपयोग गरेको ठहर
क्वालालम्पुर । मलेसियाको एक अदालतले पूर्वप्रधानमन्त्री नजिब रजाकलाई अबौं डलरको राज्य कोषमा घोटालाको दोस्रो प्रमुख मुद्दामा शक्तिको दुरुपयोग गरेको आरोपमा दोषी ठहर गरेको छ ।
७२ वर्षीय नजिबले राष्ट्रको सार्वभौम सम्पत्ति कोष १ मलेसिया विकास बर्हाद (१एमडीबी)बाट करिब २ अर्ब ३० करोड मलेसियाली रिंगिट (५६ करोड ९० लाख डलर)को दुरुपयोग मामिलामा कयौँ आरोपहरूको सामना गरिरहेका छन् ।
शुक्रबार मध्याह्न एक न्यायाधीशले उनलाई शक्तिको दुरुपयोगको चारै आरोपमा दोषी ठहराएका छन् । नजिबले सम्पत्ति शुद्धीकरणको २१ वटा अरू आरोप पनि सामना गरिरहेका छन् ।
१एमडीबी सँग सम्बन्धित अर्को मुद्दामा दोषी ठहरिएपछि पूर्व प्रधानमन्त्री पहिले नै जेल सजाय भोगिरहेका छन् ।
नाजिब २०२२ देखि जेलमा छन् । तर गत वर्ष उनको १२ वर्षको जेल सजाय आधा घटेको थियो । शुक्रबारको फैसला सात वर्षको कानुनी कार्यवाहीपछि आएको हो । यसमा ७६ जना साक्षीहरूलाई बोलाइएको थियो ।
मलेसियाको प्रशासनिक राजधानी पुत्रजयामा सुनाइएको यो फैसला विवादित पूर्व नेतालाई एउटै हप्तामा लागेको दोस्रो धक्का हो ।
सोमबार अदालतले घरमै नजरबन्दमा आफ्नो बाँकी सजाय बिताउन उनको आवेदन अस्वीकार गरेको थियो ।
तर पूर्व प्रधानमन्त्रीका प्रशस्त बफादार समर्थक छन् । उनी अनुचित फैसलाको सिकार भएको भन्दै समर्थकहरूले उनको रिहाइको लागि आह्वान गर्दै उनको मुद्दामा उपस्थित भएका थिए ।
शुक्रबार, नाजिबको समर्थनमा दर्जनौँ मानिसहरू पुत्रजयाको अदालत बाहिर भेला भएका थिए ।
१एमडीबी काण्ड एक दशक अघि प्रकाशमा आउँदा विश्वभर हेडलाइन बनेको थियो, जसले मलेसियादेखि गोल्डम्यान साक्स र हलिउडसम्मका प्रमुख व्यक्तित्वहरू समेत मुछिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण