बङ्गलादेशको लागि के छ तारिक रहमानको योजना ?
सारांश
- बीएनपीका कार्यकारी अध्यक्ष तारिक रहमान १७ वर्षपछि बंगलादेश फर्केका छन् र उनको भव्य स्वागत भएको छ।
- रहमानले ढाकाको सडकमा स्वागत र लाखौंको आशीर्वाद कहिल्यै बिर्सन नसक्ने बताए।
- उनले बंगलादेशको भविष्यका लागि योजना बनाएको र शान्तिपूर्ण, समावेशी बंगलादेशको चाहना राखेका छन्।
ढाका । बङ्गलादेश राष्ट्रवादी पार्टी (बीएनपी)का कार्यकारी अध्यक्ष तारिक रहमान १७ वर्षपछि बङ्गलादेश फर्किए । बङ्गलादेशमा उनको भव्य स्वागत भएको थियो । आफ्नो आगमनलाई यसरी स्वागत गरेकोमा उनले जनतालाई धन्यवाद दिएका छन् । उनी १७ वर्षपछि डिसेम्बर २५ मा ढाका फर्किएका हुन् । यस क्रममा उनले बङ्गलादेशको लागि आफ्नो योजनाको बारेमा पनि बोलेका थिए ।
‘गएको बिहीबार मेरो हृदयमा सधैंभरिका लागि कुँदिएको छ । यो दिन म १७ वर्षपछि मेरो मातृभूमिको भूमिमा फर्केको दिन थियो ।’ तारिक रहमानले शनिबार राति आफ्नो एक्स ह्यान्डलमा लेखेका छन् । ढाकाको सडकमा भीड, न्यानो स्वागत र लाखौँको आशीर्वाद आफूले कहिल्यै बिर्सन नसक्ने क्षण भएको पनि उनले बताए ।
‘म तपाईँहरू सबैलाई मेरो हृदयको गहिराइबाट धन्यवाद दिन्छु । कुनै पनि शब्द त्यो सम्मान र प्रेमलाई पूर्ण रूपमा व्यक्त गर्न सक्दैन, जुन म अनि मेरो परिवारको यो घर फिर्तासँग जोडिएको भावनासँग जोडिएको छ । जो जो समर्थकहरूले हरेक कठिनाइमा हामीलाई साथ दिनु भया र कहिल्यै आशा गर्न छाडेनन् उनीहरूको साहसले मलाईलगातार ताकत दिइरहेको छ ।’ पोस्टमा उनले लेखका छन् ।
हिजो आफूले बोल्नु सपना मात्र नभएर बङ्गलादेशको भविष्यको लागि योजना भएको उनको भनाइ छ । ‘एउटा यस्तो देश जहाँ शान्ति र मर्यादा छ, जहाँ प्रत्येक समुदाय सुरक्षित र सम्मानित महसुस गर्छ, र जहाँ प्रत्येक बच्चा आशाका साथ अगाडि बढ्न सक्छ । यो योजना सबै बङ्गलादेशीहरूका लागि हो, एकताबद्ध र समावेशी बङ्गलादेशको लागि हो, एकसाथ अगाडि बढ्ने बङ्गलादेशको लागि हो ।’ अझ अगाडि उनले लेखेका छन् ।
तारिक रहमानको विमान बिहीबार बिहान ११ः४१ बजे ढाकाको हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको थियो । यतिबेला हजारौँ बीएनपी कार्यकर्ता र समर्थक तारिक रहमानलाई स्वागत गर्न सडकमा उत्रिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढिरहेका छन् दर्शक, तर छैन नाटकबाटै गुजारा चल्ने अवस्था
-
वेस्ट इन्डिजविरुद्ध श्रीलङ्काको विजयी सुरुआत
-
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
-
ट्रम्प–नेतन्याहुबिचको ‘कडा’ फोन वार्ताले इरानसँगको वार्ता जटिल बनायो
-
राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
-
एसियन गेम्स छनोट : मलेसियालाई हराउँदै समूह ‘ए’ को शीर्ष स्थान कब्जा गर्ने नेपालको दाउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण