पुष्पा २ भागदौड प्रकरण : अल्लु अर्जुन ‘आरोपी नम्बर ११
सारांश
- हैदराबादमा 'पुष्पा २' को प्रिमियरमा भएको भागदौडमा एक महिलाको मृत्यु भएपछि अल्लु अर्जुनलाई आरोपी बनाइएको छ।
- प्रहरीले थिएटर व्यवस्थापनलाई दोषी ठहर गर्दै भीड नियन्त्रणमा लापरबाही गरेको आरोप लगाएको छ।
- अल्लु अर्जुनसहित उनका सुरक्षाकर्मी र म्यानेजरलाई लापरबाही र सार्वजनिक सुरक्षा खतराको आरोप लागेको छ।
हैदराबाद । तेलंगाना प्रहरीले दक्षिण भारतीय सुपरस्टार अल्लु अर्जुनलाई ‘पुष्पा २: द रुल’ को प्रिमियरका क्रममा मच्चिएको भागदौडको आरोपी बनाएको छ। प्रहरीले नम्पल्ली अदालतमा १०० पेजको अभियोग पत्र (चार्जसिट) दर्ता गर्दै व्यवस्थापनको कमजोरीका कारण उक्त दुर्घटना भएको निष्कर्ष निकालेको हो।
गत वर्ष डिसेम्बर ४ मा हैदराबादको सन्ध्या थिएटरमा भएको उक्त भागदौडमा परी रेवती नामकी एक महिलाको ज्यान गएको थियो भने उनको ८ वर्षीय छोरा गम्भीर घाइते भएका थिए। प्रहरीले थिएटर व्यवस्थापनलाई मुख्य दोषी ठहर गर्दै प्रवेश र निकासको उचित व्यवस्था नभएको तथा भीड नियन्त्रणमा चरम लापरवाही गरेको उल्लेख गरेको छ।
यस प्रकरणमा अल्लु अर्जुनलाई ‘आरोपी नम्बर ११’ बनाइएको छ। उनीसँगै उनका निजी सुरक्षाकर्मी, म्यानेजर र बाउन्सरहरू विरुद्ध पनि भारतीय न्याय संहिता (बीएनएस) को विभिन्न धारा अन्तर्गत लापरबाहीका कारण मृत्यु गराएको र सार्वजनिक सुरक्षा खतरामा पारेको अभियोग लगाइएको छ। अनुसन्धानका क्रममा प्रहरीले स्थिति नियन्त्रण बाहिर जाँदै गरेको सूचना अर्जुनका म्यानेजरलाई गराए पनि वास्ता नगरिएको पाइएको छ।
भागदौड मच्चिएको ९ दिनपछि १३ डिसेम्बरमा पक्राउ परेका अल्लु अर्जुनलाई १४ डिसेम्बरमा उच्च अदालतले जमानतमा रिहा गरेको थियो। रिहाइपछि आयोजित पत्रकार सम्मेलनमा उनले घटनालाई एउटा ‘दुर्भाग्यपूर्ण दुर्घटना’ को संज्ञा दिँदै आफू र आफ्नो परिवार हलभित्र रहेको र घटना बाहिर घटेको दाबी गरेका थिए। उनले मृतकका परिवारलाई सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण