बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
संगीत

संगीतकार मोहन मगरले ल्याए रचना र टीकाको स्वरमा 'ल है सरर'

आइतबार, १३ पुस २०८२, २० : ०५
आइतबार, १३ पुस २०८२

काठमाडौं । संगीतकार मोहनकुमार मगरले नयाँ गीत ‘ल है सरर’ ल्याएका छन् । रचना रिमाल र टीका मगरको स्वर रहेको पूर्वेली लोकभाकामा मोहनकै शब्द र संगीत छ । गीतलाई मनोज थापा मगरले एरेन्ज गरेका हुन् । 

ल है सरर
कान्छीको केश फरर ल है सरर
ल है सरर 
लर्के जोवन देखेर मनै हरर

पूर्वी पहाडको मौलिक भाकामा सिर्जना गरिएको गीतको भिडियोमा मगर संस्कृतिको परिवेश देखाइएको छ । मोहनले नै निर्देशन गरेको भिडियोमा ‘फुलेन्देको आमा’को रूपमा लोकप्रिय उमेश राई, चाहना राना मगर, रूपेश श्रेष्ठ, सुमिना थापा मगर, ढोकल आले मगर, अनिता पुन र खुसी मगर फिचर्ड छन् । गीतको कोरियोग्राफी रविता मगरले गरेकी छन् भने उनलाई वविता मगरले सघाएकी छन् । रेखबहादुर मगर र रूपेश राईले खिचेको भिडियोलाई विनोद बमले सम्पादन तथा कलर संयोजन गरेका हुन् । 

आधिकारिक रूपमा रिलिजअघि नै ‘ल है सरर’ गीत सामाजिक सञ्जालमा भाइरल भइसकेको थियो । गायक टीका मगरले संखुवासभाको तुम्लिङटार महोत्सवमा गाएको भिडियो दर्शकहरूले फेसबुक, टिकटक, इन्स्टाग्राम लगायत सामाजिक सञ्जालमा राखेपछि गीत भाइरल भएको थियो ।

‘तुम्लिङटारमा महोत्सवमा गीत गाएको थिएँ, सबैले मन पराउनुभयो । सोसल मिडिया राखिदिनुभएछ, गीत त भाइरल भइसकेछ,’ टीकाले भने । संगीतकार तथा भिडियो निर्देशक मोहनले लामो समयपछि आफ्नो कामले सार्थकता पाएको बताए । 

‘दुई दशकदेखि संगीतमा छु । थुप्रै गीत कुनै कम्प्रमाइज नगरी बनाएको छु, तर सोचेजसरी सफलता मिलिरहेको थिएन । यो गीतले साँच्चै मेरो सपना नै पूरा गरेको जस्तो लाग्छ,’ रातोपाटीसँग मोहनले भने,’ रचना बहिनी (रचना रिमाल)सँगको सहकार्यले पनि सुनमा सुगन्ध थपेको छ । संगीतका गुरूसमेत रहेका संगीतकार मोहनका थुप्रै गीत सार्वजनिक भएका छन् भने उनका भाइ समेत रहेका टीका भ्वाइस अफ नेपालका प्रतिस्पर्धी पनि हुन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप