भदौ २३ र २४ को आन्दोलनमा राज्य संयन्त्र असफल भयो, हामी झण्डै भाग्नुपरेको थियो : मुख्यमन्त्री कार्की
सारांश
- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले 'जेनजी आन्दोलन' मा राज्य संयन्त्र असफल भएको बताए।
- मुख्यमन्त्री कार्कीले सुरक्षाकर्मी परिचालन हुँदाहुँदै पनि स्थिति नियन्त्रण बाहिर गएको स्वीकार गरे।
- कार्कीले छानबिन आयोगको निष्पक्षतामाथि प्रश्न उठाउँदै प्रधानमन्त्रीको बयानका लागि नगएको स्पष्ट पारे।
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री तथा नेकपा एमालेका सचिव हिक्मत कुमार कार्कीले भदौ २३ र २४ गते भएको 'जेनजी आन्दोलन'का क्रममा राज्य संयन्त्र पूर्णरूपमा असफल भएको बताएका छन्।
बुधबार विराटनगरमा आयोजित कोशी प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले उक्त समयमा राज्य केवल ‘रमिते’ बनेको र आफूहरू झण्डै भाग्नुपर्ने अवस्था सिर्जना भएको बताएका हुन् ।
ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन हुँदाहुँदै पनि स्थिति नियन्त्रण बाहिर गएको स्वीकार गर्दै उनले भने, ‘हामी रमिते बनेर हेर्यौं। विभिन्न कुराहरू मिडियाहरूमा पनि आइराख्या छन्, हामी सबै हेरेर बस्यौं। र, भाग्यो भनेर भन्न त मिलेन, तर झण्डै–झण्डै भाग्या थियौं हामी सबै।’
मुलुकमा ९० हजार नेपाल प्रहरी, करिब १ लाख नेपाली सेना र ३५ हजारको हाराहारीमा सशस्त्र प्रहरी बल हुँदाहुँदै पनि स्थिति ‘आउट अफ कन्ट्रोल’ हुनु राज्यको कमजोरी भएको उनको भनाइ थियो। ‘यी सबै भूमिकामा हामी असफल भयौं भन्ने लाग्छ मलाई त्यो दिन,’ उनले थपे।
सम्बोधनका क्रममा मुख्यमन्त्री कार्कीले वर्तमान सरकारले गठन गरेको छानबिन आयोग र त्यसको नेतृत्वप्रति कडा आलोचना गरे। गौरीबहादुर कार्कीको नेतृत्वमा बनेको आयोग निष्पक्ष नभएको आरोप लगाउँदै उनले सोही कारण आफ्ना पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली बयानका लागि नगएको स्पष्ट पारे।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण