सशस्त्र प्रहरीका डीएसपी कोइरालाको मृत्यु
बुधबार, १६ पुस २०८२, २१ : ४९
सारांश
- सशस्त्र प्रहरी बलका डीएसपी प्रकाश कोइरालाको उपचारको क्रममा मृत्यु भयो।
- उनी इलामको पशुपतिनगरमा गस्ती सकेर कार्यालय फर्किने क्रममा ढलेका थिए।
- डीएसपी कोइरालाको मृत्यु हृदयाघातका कारण भएको बताइएको छ।
काठमाडौँ । सशस्त्र प्रहरी बलका डीएसपी प्रकाश कोइरालाको मृत्यु भएको छ । उनी इलामको पशुपतिनगर गुल्ममा कार्यरत थिए । बुधबार साँझ ६ बजे एपीएफ अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो ।
बुधबार उनी नेपाल–भारत सीमा क्षेत्रको माने भञ्ज्याङमा पट्रोलिङ गरेर फर्किएका थिए । पट्रोलिङबाट फर्किएपछि उनी कार्यालयमै ढलेका थिए । लगत्तै उनलाई हेलिकप्टरबाट काठमाडौँ ल्याइएको सशस्त्र प्रहरी बल प्रधान कार्यालयले जनाएको छ ।
एक महिनाअघि मात्रै पशुपतिनगरमा सरुवा भएका गएका उनको हृदयाघातको कारण मृत्यु भएको सशस्त्र प्रहरी अस्पतालका एक जना चिकित्सकले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल–जर्मनबिचको सम्बन्ध थप गतिशील बनाउनुपर्नेमा जोड
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण