१० बजे १० समाचार : समानुपातिकमा नातावाद र सेलिब्रेटी ‘पावर’, ओलीको ‘प्रवक्ता’ बादल !
आज २०८२ पुस १६ गते बुधबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ ।
- समानुपातिकमा नातावाद र सेलिब्रेटी ‘पावर’
पुस १४ गते निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्दसूचीमा आन्तरिक प्रतिस्पर्धामा अब्बल सावित भएका व्यक्तिहरूलाई पन्छाएर ‘नेपोकिड्स’ र ‘सेलिब्रेटी’लाई प्राथमिकता दिएकोमा पार्टीभित्रै चर्को विरोध भइरहेको छ ।
सरकारले ‘सुशासन मार्गचित्र तयारी समिति’ बनाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका शासकीय क्षेत्र हेर्ने सचिव गोविन्दबहादुर कार्कीको संयोजकत्वमा १३ सदस्यीय समिति बनाइएको हो ।
याे पनि
- अदालत
विशेष अदालतले पूर्व मन्त्री राजकुमार गुप्तालाई घुस लिएको अभियोगमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।
याे पनि
- ब्रिफिङ लिँदैमा बित्नेछ परराष्ट्रमन्त्रीकाे कार्यकाल
परराष्ट्र मन्त्रालयका कर्मचारीहरू औपचारिक कार्यक्रममा सहभागिता र मन्त्रालयका कामबारे ब्रिफिङ लिँदैमा मन्त्रीको दुई महिनाको समय बित्ने बताउँछन् ।
छोटो समयका लागि किन मन्त्री नियुक्त गरिएको हो भन्नेमा पनि थुप्रै प्रश्न परराष्ट्र मामिलाका जानकारहरूले उठाइरहेका छन् ।
कर्णालीका आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाहको कार्यक्षमतामाथि गम्भीर प्रश्न उठेको छ । मुख्यमन्त्री यामलाल कँडेलसमेत मन्त्री र मन्त्रालयको कार्यसम्पादनप्रति असन्तुष्ट छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इतिहासकै ठुलो वित्तीय अपराधको छानबिन भइरहेकाले ममाथि हिलो छ्यापियो : अर्थमन्त्री वाग्ले
-
अपराध अनुसन्धानलाई प्रभावकारी बनाउन बागमती सरकार प्रतिबद्ध: मुख्यमन्त्री बानियाँ
-
भारतका टप १० ‘भ्यालुएबल सेलिब्रेटी’ : बलिउड स्टारलाई पछि पार्दै कोहली पहिलो नम्बरमा
-
राष्ट्रिय मुक्ति पार्टीले औँल्यायो चुनावमा हार्नुको पाँच कारण
-
सम्पत्ति विवरण बुझाउने म्याद असार मसान्तसम्म थप
-
चालू आर्थिक वर्षभन्दा करिब २ अर्ब बढीको बजेट ल्याउने तयारीमा कोशी प्रदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण