बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

आफ्नै जिल्लामा उपचारको व्यवस्था मिलाउन मुख्यमन्त्री यादवको निर्देशन

शुक्रबार, १८ पुस २०८२, १३ : ४०
शुक्रबार, १८ पुस २०८२

सारांश

  • मुख्यमन्त्री यादवले प्रदेशका मेसु र कार्यालय प्रमुखहरूलाई नागरिकको उपचार आफ्नै प्रदेशमा गर्न निर्देशन दिए।
  • उनले स्वास्थ्य सेवालाई नागरिकको आधारभूत अधिकारको रूपमा लिँदै प्रदेश बाहिर उपचार गर्नुपर्ने बाध्यता हटाउन जोड दिए।
  • बैठकमा सेवा प्रवाह सुधार, औषधिको उपलब्धता, र स्वास्थ्यकर्मी व्यवस्थापनबारे छलफल भयो, र मुख्यमन्त्रीले परिणाममुखी काम गर्न आग्रह गरे।

जनकपुर। मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले मधेस प्रदेशका आठवटै जिल्लाका मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) तथा सम्बन्धित कार्यालय प्रमुखहरूलाई जनताको उपचार आफ्नै जिल्ला वा प्रदेशमै कम खर्चमा, छिटो र छरितो रूपमा हुने व्यवस्था मिलाउन निर्देशन दिएका छन् । शुक्रबार मुख्यमन्त्री यादवले कार्यालय प्रमुखहरूकाे बाेलाएर साे निर्देशन दिएका हुन् ।

उनले स्वास्थ्य सेवा आम नागरिकको आधारभूत अधिकार भएको उल्लेख गर्दै सामान्य उपचारका लागि प्रदेश बाहिर जानुपर्ने बाध्यता अन्त्य गर्नुपर्नेमा विशेष जोड दिए ।  यादवले अस्पतालहरूको सेवा प्रवाह सुधार, आवश्यक औषधिको नियमित उपलब्धता, चिकित्सक तथा स्वास्थ्यकर्मीको व्यवस्थापन र प्रशासनिक समन्वयलाई प्रभावकारी बनाउनसमेत निर्देशन दिए । 

609361085_1170697165226768_5285079469295230834_n

बैठकमा जनताको गुनासो, उपचारका क्रममा देखिएका समस्या तथा सेवाको गुणस्तर सुधारका उपायबारे विस्तृत छलफल भएको थियो । मुख्यमन्त्री यादवले सबै मेसु तथा कार्यालय प्रमुखहरूलाई जिम्मेवारीपूर्वक काम गर्दै परिणाममुखी सेवा दिन आग्रह गरे । 

प्रदेश सरकार जनताको स्वास्थ्य सेवामा कुनै सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले स्वास्थ्य क्षेत्र सुधार प्रदेश सरकारको प्राथमिकतामा रहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप