निर्वाचन आयोग भन्छ– दुई अवस्थामा समानुपातिकको नाम परिवर्तन गर्न मिल्छ
सारांश
- निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीमा नाम परिवर्तन गर्न सकिने जनाएको छ।
- आयोगका अनुसार, समानुपातिक प्रतिनिधित्व नमिल्दा र उम्मेदवारले नाम फिर्ता लिएमा नाम परिवर्तन गर्न पाइनेछ।
- आयोगले माघ ४ गते प्रारम्भिक नामावली र माघ २० गते अन्तिम नामावली सार्वजनिक गर्नेछ।
काठमाडौँ । फागुन २१ का लागि हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ पुस १३ र १४ गते दलहरूले बुझाएको बन्दसूचीको नाम दुई वटा अवस्थामा परिवर्तन गर्न पाइने निर्वाचन आयोगले जनाएको छ । आयोगले निर्वाचन तयारीबारे शुक्रबार पत्रकार सम्मेलन गरेर यस्तो जानकारी गराएको हो ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बन्दसूचीमा रहेका नाम परिवर्तन गर्न मिल्ने नमिल्नेबारे व्यापक चासो रहेको भन्दै दुई वटा अवस्थामा मात्र नाम परिवर्तन गर्न मिल्ने बताएका हुन् ।
‘बन्दसुचि परिवर्तन हुन्छ हुँदैन, नाम फेर्न पाइन्छ पाइँदैन भन्ने कुरामा आम जिज्ञासा रहेको पाइन्छ । नाम परिवर्तन गर्न पनि पाइन्छ तर दुई वटा अवस्थामा’, प्रवक्ता भट्टराईले भने, ‘एउटा समानुपातिक प्रतिनिधित्व नमिलेको अवस्थामा समानुपातिक प्रतिनिधित्व गराउने उद्देश्यले गर्न पाइन्छ । दोस्रो कुनै उम्मेदवारले नाम फिर्ता लियो भने त्यो ठाउँमा अर्को नाम पठाउन मिल्छ ।’
पुस २८ गते सम्बन्धित उम्मेदवारले नाम फिर्ता लिन चाहनेलाई समय दिएको बताएको छ । ‘नाम फिर्ता लिएको अवस्थामा आयोगले सम्बन्धित दललाई सूचना गर्नेछ जसले त्यो ठाउँमा अर्को व्यक्ति दलले पठाउन पाउनेछन्’, भट्टराईले भने, ‘बन्दसूचीको प्रारम्भिक नामावली माघ ४ गते सार्वजनिक गर्नेछौ भने अन्तिम नामावली माघ २० गते प्रकाशित गरिनेछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण