मादुरो र प्रथम महिला कहाँ छन् भन्ने जानकारी छैन : उपराष्ट्रपति रोड्रिगेज
सारांश
- भेनेजुएलाकी उपराष्ट्रपतिले राष्ट्रपति मादुरो र प्रथम महिलाको अवस्थाबारे सरकारलाई जानकारी नभएको बताइन्।
- अमेरिकी राष्ट्रपति ट्रम्पले मादुरो दम्पतीलाई पक्राउ गरी देश बाहिर लगिएको दाबी गरेपछि यस्तो प्रतिक्रिया आएको हो।
- उपराष्ट्रपतिले अमेरिकी हमलाका कारण सरकारी अधिकारी, सैन्य कर्मचारी र सर्वसाधारणले ज्यान गुमाएको जानकारी दिइन्।
काराकास । भेनेजुएलाकी उपराष्ट्रपति डेलसी रोड्रिगेजले राष्ट्रपति निकोलस मादुरो र प्रथम महिला सिलिया फ्लोरेसको अवस्थाबारे सरकारलाई कुनै जानकारी नभएको बताएकी छिन्। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले शनिबार बिहानै भेनेजुएलामाथि ‘ठूलो स्तरको आक्रमण’ गरी मादुरो दम्पतीलाई पक्राउ गरेर देश बाहिर लगिएको दाबी गरेपछि उपराष्ट्रपतिको यस्तो भनाइ आएको हो।
सरकारी टेलिभिजन भीटीभीसँगको कुराकानीमा रोड्रिगेजले राष्ट्रपति र प्रथम महिलाको अवस्थाबारे तत्काल ’प्रमाण’ दिन अमेरिकालाई माग गरेकी छिन्।उपराष्ट्रपति रोड्रिगेजले अमेरिकी हमलाका कारण देशका विभिन्न भागमा सरकारी अधिकारी, सैन्य कर्मचारी र सर्वसाधारणले ज्यान गुमाएको जानकारी दिएकी छिन्।
उनले यस आक्रमणलाई सार्वभौम मुलुकमाथिको नाङ्गो हस्तक्षेप भन्दै कडा आपत्ति जनाएकी छिन्। भेनेजुएलाका रक्षा मन्त्री भ्लादिमिर पाड्रिनोले पनि एक भिडियो सन्देश जारी गर्दै विदेशी सेनाको उपस्थितिलाई कुनै पनि हालतमा स्वीकार नगर्ने र त्यसको सशक्त प्रतिरोध गर्ने घोषणा गरेका छन्।
रक्षा मन्त्री पाड्रिनोका अनुसार शनिबार बिहान भएको अमेरिकी हमलाले विशेष गरी नागरिक बस्तीहरूलाई निशाना बनाएको छ। उनले हमलामा भएको मानवीय र भौतिक क्षतिको विवरण संकलन भइरहेको र भेनेजुएलाले आफ्नो रक्षाका लागि आवश्यक सबै कदम चाल्ने बताएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
-
अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
-
सार्वजनिक सेवामा नागरिकको पहुँच विस्तार सरकारको प्राथमिकतामा : मन्त्री रावल
-
‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने
-
नेपाली युवा उद्यमीको विश्व सम्मेलन सिड्नीमा, एआई स्टार्टअपलाई ३५ लाख प्रोत्साहन
-
तराईका विभिन्न जिल्लामा तातो हावाकाे लहरको सम्भावना, सतर्कता अपनाउन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण