शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
राताेपाटी ब्रिफिङ

१० बजे १० समाचार : कांग्रेसको किचलोदेखि भेनेजुएलामा अमेरिकी आक्रमणसम्म

शनिबार, १९ पुस २०८२, २२ : ००
शनिबार, १९ पुस २०८२

आज २०८२ पुस १९ गते शनिबार । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ ।

  • कांग्रेसमा किचलो

नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पार्टीको विशेष महाधिवेशन बोलाउने सम्बन्धमा कानुनविद्हरूसँग सघन परामर्श गरेका छन्। ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिले हस्ताक्षरसहित माग गरिसकेको अवस्थामा पार्टी विधानको धारा १७ (२) बमोजिम विशेष महाधिवेशन बोलाउनु केन्द्रीय कार्यसमितिका लागि बाध्यकारी रहेको निष्कर्ष कानुनविद्हरूले दिएका छन्। विधानमा ‘विशेष महाधिवेशन बोलाउनुपर्नेछ’ भन्ने शब्दावली प्रयोग भएकाले यो ऐच्छिक नभई अनिवार्य दायित्व भएको उनीहरूको ठम्याइ छ।

नेपाली कांग्रेस नेपालको सबैभन्दा पुरानो र लोकतान्त्रिक पार्टी हो । यतिबेला आफ्नै आन्तरिक समययुद्धमा फसेको छ । पार्टीको १५ औँ महाधिवेशनको मिति तोक्ने क्रममा पुसको चिसोमा आगो ताप्ने हतारो कि वैशाखको तातो घाममा पसिना बगाउने धैर्यता ? यो प्रश्नले पार्टीभित्र मात्र होइन, समग्र नेपाली राजनीतिमा तरंग ल्याएको छ ।

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले समय अभावको कारण निर्वाचन पछि महाधिवेशन गर्नुपर्ने संस्थापन पक्षको प्रस्ताव अस्वीकार गर्न नसकिएको बताएका छन् । आज आफू पक्षका नेताहरूसँगको छलफलको क्रममा उनले वैशाखमा महाधिवेशन गर्ने कार्यवाहक सभापति पूर्णबहादुर खड्काको प्रस्तावको बचाउ गर्दै यस्तो बताएका हुन् । 

  • कांग्रेसमा किचलो

नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले सामाजिक सञ्जालमार्फत पार्टीको विशेष महाधिवेशन अनिवार्य रहेको धारणा व्यक्त गरेका छन् ।

नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले विशेष महाधिवेशन पुसभित्रै गर्ने अडानप्रति आपत्ति जनाएका छन् ।

नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले पार्टी नेतृत्वले कार्यकर्ताको भावना र मागलाई लगातार बेवास्ता गरेकाले अब विशेष महाधिवेशन अपरिहार्य र बाध्यकारी बनेको बताएका छन्।

नेकपा (एमाले) का नेता प्रदीप ज्ञवालीले राजनीतिक दलहरूको आन्तरिक अवस्थाले मुलुकको लोकतान्त्रिक प्रणालीमा गहिरो प्रभाव पार्ने बताएका छन्। दलहरूभित्र देखिने कमजोरी वा विभाजनले अन्ततः लोकतन्त्रले नै ठुलो मूल्य चुकाउनुपर्ने भन्दै उनले विगतका केही राजनीतिक घटनाक्रमको स्मरण गराएका हुन्।

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पार्टीलाई एकतावद्ध बनाउनेमा आफूहरुको जोड रहने बताएका छन् । शनिबार कांग्रेसका नेता डा.शेखर कोइराला पक्षधर नेताहरुको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

  • नाम फिर्ता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट पाँच जनाले समानुपातिक उम्मेदवारी फिर्ता गर्ने घोषणा गरेका छन् । सो पार्टीबाट डा.महेन्द्र लावती, त्रिशला गुरुङ, सचिन ढकाल, आशिफ शाह र टासी ल्हाक्पा शेर्पाले समानुपातिक उम्मेदवारी फिर्ता गर्ने घोषणा गरेका हुन् । 

  • बाँझो बन्दै जमिन

 नेपालमा खाद्यान्न बाली हुने क्षेत्र घटिरहेको एक तथ्यांकले देखाएको छ । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको ‘प्रमुख कृषि बालीले ढाकेको भू–क्षेत्र’ सम्बन्धी तथ्यांकले मुलुकको खाद्य सुरक्षाको आधार मानिने खाद्यान्न बालीको क्षेत्रफलमा ठुलो गिरावट आएको देखाएको हो । 

  • नागरिकलाई गोली

२०८२ पुस १७ गतेको मध्यरात । सुनसरीको कोशी गाउँपालिका–१ का सिटी सफारी चालक विजय साह १० बोरा चिनी र केही चकलेट लोड गरेर भारतीय सीमाबाट फर्किँदै थिए, तर त्यो रात उनको अन्तिम रात बन्यो । सशस्त्र प्रहरीको गोली उनको छातीमा लाग्यो । प्रहरी यसलाई ‘दोहोरो फायरिङ’ भने पनि स्थानीयले भने लेनदेनको विवाद मानेका छन् । 

  • भेनेजुएलामा अमेरिकी आक्रमण

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भेनेजुएलामा ठूलो स्तरको सैन्य हमला गरिएको र त्यहाँका राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गरिएको सनसनीपूर्ण दाबी गरेका छन्। शनिबार बिहान सामाजिक सञ्जाल 'ट्रुथ सोसल' मार्फत सन्देश दिँदै ट्रम्पले अमेरिकी सुरक्षा निकायको सहयोगमा गरिएको विशेष कारबाहीका क्रममा मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई पक्राउ गरी देश बाहिर लगिएको उल्लेख गरेका छन्।

  • अपराध

फिलिपिन्सको ब्युरो अफ इमिग्रेसनले एक नेपाली युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३३ वर्षीय नेपाली नागरिक प्रकाश पाठक रहेका छन् । उनलाई डिसेम्बर ३१ मा मालोलोस सहरको बाराङ्गे क्याटमोनस्थित पासेओ डे कंग्रेसोबाट पक्राउ गरिएको फिलिपिन्स प्रहरीले जनाएका छन् ।

काठमाडौँ उपत्यका र कैलालीका विभिन्न पाँच स्थानमा शुक्रबार दिउँसो र साँझ गरी करिब ३७ लाख १३ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ।

  • निर्वाचन

निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई मध्यनजर गर्दै लोक सेवा आयोगले सञ्चालन गर्ने उपसचिव तहको लिखित परीक्षाको मिति परिमार्जन गर्न औपचारिक आग्रह गरेको छ । 

  • साहित्य

शनिबारका लागि रातोपाटीमा प्रकाशित साहित्यका सामग्री

  • शनिबार विशेष

रातोपाटीको शनिबार विशेष सामग्रीहरु

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप