अमेरिकाले भेनेजुएला ‘चलाउने’ ट्रम्पको घोषणा
आइतबार, २० पुस २०८२, ०३ : ०९
सारांश
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामा सैनिक कारबाही गर्ने बताएका छन्।
- ट्रम्पले मादुरो र उनकी पत्नी पक्राउ परेमा अमेरिकाले देश चलाउने बताए।
- उनले भेनेजुएलालाई सुरक्षित र उपयुक्त नेतृत्वमा हस्तान्तरण गर्ने प्रतिबद्धता जनाए।
काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामा सैनिक कारबाहीसँगै राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नी सिआलिया फ्लोरेस पक्राउ परेपछि अमेरिकाले देश चलाउने बताएका छन् ।
फ्लोरिडामा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले भने, ‘हामी भेनेजुएलालाई तबसम्म चलाउनेछौँ जबसम्म सुरक्षित, उपयुक्त र विचारपूर्वक नयाँ नेतृत्वमा हस्तान्तरण गर्न सक्दैनौँ।” उनले जोड दिए, “यो हस्तान्तरण सोचविचारपूर्वक हुनुपर्छ किनभने हामी भेनेजुएलाका जनताको हित सुनिश्चित गर्न चाहन्छौँ।’
ट्रम्पले भविष्यमा नयाँ नेतृत्वले भेनेजुएलामा हालको जस्तै अवस्था दोहोर्याउने जोखिम नहोस् भनी अमेरिका प्रतिबद्ध रहेको पनि बताए। उनले थपे, ‘हामी त्यस्तो स्थिति चाहँदैनौँ जहाँ कोहीले भेनेजुएलाको जनताको हित विपरीत निर्णय लिन्छ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण