भेनेजुएलामा स्टार लिङ्कले दियो निःशुल्क ब्रोडब्यान्ड
आइतबार, २० पुस २०८२, ११ : ३२
सारांश
- एलन मस्कको स्टारलिंकले भेनेजुएलामा सित्तैमा इन्टरनेट सेवा सुरु गरेको छ।
- यो सेवा अमेरिकी हमला र राष्ट्रपति मदुरोलाई पक्राउ गरेपछिको कदम हो।
- भेनेजुएला सरकारले इन्टरनेटमा कडाइ गरिरहेका बेला स्टारलिंकले सेवा दिएको हो।
कारकास । दक्षिण अमेरिकी देश भेनेजुएलामा अमेरिकी अर्बपति व्यापारी एलन मस्कको सेटलाइट इन्टरनेट सेवा प्रदायक कम्पनी स्टार लिङ्कले सित्तैमा ब्रोडब्यान्ड सेवा प्रदान गरिरहेको छ ।
हालै अमेरिकाको व्यापक हमला र भेनेजुएली राष्ट्रपति निकोलस मदुरोलाई पक्राउ गरेपछि स्टार लिङ्कले यो कदम चालेको हो । फेब्रुअरी ३ सम्म भेनेजुएलाका जनतालाई निरन्तर रूपमा इन्टरनेट सेवा सुनिश्चित गर्न ब्रोडब्यान्डमा नि:शुल्क रूपमा पहुँच दिइरहेको माइक्रो ब्लगिङ वेबसाइट एक्समा एउटा पोस्टमा स्टार लिङ्कले लेखेको छ ।
भेनेजुएलामा सरकारले इन्टरनेटमाथि सरकारले निकै कडाइ गरिरहेको थियो । देशका कयौँ स्थानमा इन्टरनेट बन्द वा सुस्त पारिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्पेन बन्यो फिफा विश्वकप २०२६ को विश्वविजेता, अतिरिक्त समयको गोलमा अर्जेन्टिना स्तब्ध
-
अतिरिक्त समयमा फेरान टोरेसको गोल, स्पेन १–० ले अगाडि
-
९० मिनेटभर स्पेनको पूर्ण दबाब, अर्जेन्टिनाले एक पटक पनि प्रहार गर्न सकेन
-
९० मिनेटमा भएन गोल: खेल ३० मिनेटको अतिरिक्त समय, १० खेलाडीमा सीमित अर्जेन्टिनाको परीक्षा
-
इन्जुरी समयमा एन्जो फर्नान्डेजले रातो कार्ड पाएपछि अर्जेन्टिना १० खेलाडीमा सीमित
-
विश्वकप फाइनलको बिचमा बिजुलीको सास्ती: आएको ५ मिनेटमै पुनः गयो बत्ती
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण