मदुरोको ‘अपहरण’को निन्दा गर्दै अमेरिकामा जुलुस
सारांश
- अमेरिकी राष्ट्रपति ट्रम्पको भेनेजुएलामाथिको आक्रमणको विरोधमा अमेरिकाभर प्रदर्शनहरू भएका छन्।
- लस एन्जलस, ह्वाइट हाउस र अन्य शहरहरूमा भेला भएका प्रदर्शनकारीहरूले युद्ध र अमेरिकी हस्तक्षेपको विरोध गरे।
- प्रदर्शनकारीहरूले मदुरोको पक्राउलाई अपहरण भन्दै उनको रिहाइको माग गरे र अमेरिकी साम्राज्यवादको विरोध गरे।
वासिङटन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले भेनेजुएलामाथि आक्रमण गरेर त्यहाँका राष्ट्रपति र प्रथम महिला पक्राउ गरेको घटनाविरुद्ध अमेरिकाभरि विरोध प्रदर्शनहरू भइरहेका छन् । लस एन्जलस शहरमा पानी परिरहेको समयमा समेत सयौँ मानिसहरू भेला भएका थिए ।
‘अब भेनेजुएलामा बम विस्फोट बन्द गर ’, ‘तेलको लागि रगत नबगाउ’ भन्ने नारा लेखिएका प्लेकार्डहरू बोकेर मानिसहरू सडकमा उत्रिएका थिए । एउटा प्लेकार्डमा ‘युद्ध होइन ! ट्रम्प चाहिदैंन !’ भन्ने नारा लेखिएको थियो ।
ह्वाइट हाउस बाहिर युद्ध विरोधी समूह ‘एन्सर’का लगभग १०० जना प्रदर्शनकारीहरूले विरोध प्रदर्शन गरेका थिए । यसमा विगतमा मदुरो सरकारलाई समर्थन गरेको पार्टी फर फर सोसलिज्म एण्ड लिबरेशनका मानिस पनि सहभागी भएका थिए । प्रदर्शनकारीहरूले मदुरोको पक्राउलाई अपहरण भन्दै उनका रिहा गर्न ह्वाइट हाउससँग माग गरेका थिए ।
‘अमेरिकी साम्राज्यवादको विरुद्धमा म पूर्ण रूपमा उभिन्छु । जब तिनीहरूलाई तेल चाहिन्छ... तिनीहरू कर्पाेरेट अरबपतिहरूलाई मद्दत गर्न खोज्छन् । बम पड्काउनु भनेको शक्ति निर्माण गर्ने तिनीहरूको माध्यम मात्र हो । त्यसैले फेरि पनि म यसको विरुद्धमा छु ,’ निभेन नाम गरेका एक प्रदर्शनकारीले अलजजिरालाई भने ।
भेनेजुएलामाथिको पछिल्लो आक्रमण एपस्टाइन प्रकरणमा ट्रम्पको संलग्नता, अर्थतन्त्रको कमजोर अवस्था र बढ्दो स्वास्थ्य सेवा खर्चबाट सर्वसाधारणको ध्यान भड्काउने षडयन्त्र भएको अर्का एक प्रदर्शनकारी भनेका छन् । ‘म यहाँ आएको छु किनभने मदुरोको अपहरण र बम विस्फोट, र भेनेजुएलामागि अमेरिकी कब्जा अवैध छ,’ न्यूयोर्क शहरको टाइम्स स्क्वायरमा शनिबार अमेरिकी कारबाहीको विरोध गर्न भेला भएकी एम्माले भनिन् । करीब ५० जनाको एउटा सानो समूहले लास भेगासमा पनि यसको विरोध प्रदर्शन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘संस्थापन इतरका नेता-कार्यकर्ता 'लास र दास' होइनन्, काँग्रेसका असली भरोसा हुन्’
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णयहरू सार्वजनिक
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
-
बर्ड फ्लु नियन्त्रणतर्फ, साउनयता नयाँ सङ्क्रमण शून्य
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण