पसलमा जुवातास खेलिरहेका ११ जना पक्राउ
आइतबार, २० पुस २०८२, १४ : ४६
सारांश
- धुलिखेल नगरपालिका-५ मा रहेको एक पसलमा जुवा खेलिरहेका ११ जनालाई प्रहरीले पक्राउ गरेको छ।
- खानीखोला गाउँपालिका-६ का चेतनाथ आचार्यले सञ्चालन गरेको पसलमा प्रहरीले छापा मारेको थियो।
- प्रहरीले ४० हजार ३ सय ९० रुपैयाँ र एक बुक तास बरामद गरेको छ, र थप अनुसन्धान भइरहेको छ।
काभ्रे । काभ्रेको धुलिखेल नगरपालिका–५ खड्पुस्थित एक पसलमा जुवातास खेलिरहेको अवस्थामा ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
खानीखोला गाउँपालिका–६ का ७३ वर्षीय चेतनाथ आचार्यले सञ्चालन गरेको पसलमा जुवा भइरहेको विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको टोलीले शनिबार साँझ उनीहरूलाई पक्राउ गरेको हो।
प्रहरीले पक्राउ परेकाहरूको साथबाट नगद ४० हजार ३ सय ९० रुपैयाँ र एक बुक तास समेत बरामद गरेको छ। पक्राउ पर्नेमा पसल सञ्चालक आचार्यसहित अन्य १० जना रहेका छन्। उनीहरूलाई जिल्ला प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण