अमेरिकी आक्रमणपछि विपक्षी नेताको सेनालाई आग्रह : अब सत्ता मलाई देऊ
सारांश
- भेनेजुएलामा अमेरिकी सैनिक आक्रमणपछि विपक्षी नेता गोन्जालेसले सेनालाई लोकतान्त्रिक बाटो रोज्न आह्वान गरे।
- उनले २०२४ को राष्ट्रपतीय निर्वाचनको विजेता आफूलाई मान्दै सत्ता कब्जा गरेका व्यक्ति न्यायको कठघरामा उभिएको बताए।
- गोन्जालेसले सेनालाई जनमतको कदर गर्न र नागरिक तथा सेनाको वफादारी संविधानप्रति हुनुपर्नेमा जोड दिए।
काराकास । भेनेजुएलामा भएको अमेरिकी सैनिक आक्रमणपछि विपक्षी नेता एडमुन्डो गोन्जालेसले आफूलाई सत्तामा ल्याउन त्यहाँको सेनालाई आह्वान गरेका छन्। उनले पछिल्ला घटनाक्रमलाई देशको इतिहासको नयाँ मोड भन्दै अब सेनाले लोकतान्त्रिक बाटो रोज्नुपर्ने बताएका हुन्।
सामाजिक सञ्जालमा एक भिडियो सन्देश जारी गर्दै गोन्जालेसले पछिल्ला केही दिनका घटनाले भेनेजुएलाको हालैको इतिहासमा एउटा महत्त्वपूर्ण मोड ल्याएको उल्लेख गरे। ‘यो क्षण एउटा महत्त्वपूर्ण कदम हो, तर यति मात्र पर्याप्त छैन,’ उनले भने। सन् २०२४ को राष्ट्रपतीय निर्वाचनको वास्तविक विजेता मानिने गोन्जालेसको यो पहिलो सार्वजनिक प्रतिक्रिया हो।
गोन्जालेसले सत्ता कब्जा गरेर बसेका व्यक्ति (निकोलस मादुरो) अब शक्तिमा नरहेको र न्यायको कठघरामा उभिएको बताए। उनले भने, ‘जसले सत्ता हडपेको थियो, ऊ अब शक्तिमा छैन र न्यायको सामना गर्दैछ। यसले नयाँ राजनीतिक परिदृश्य सिर्जना गरेको छ, तर हामीले गर्नुपर्ने आधारभूत कामको विकल्प भने यो होइन।’
विपक्षी नेता गोन्जालेसले सन् २०२४ को जुलाईमा भएको निर्वाचनको म्यान्डेट (जनमत) लाई कदर गर्न र त्यसलाई रक्षा गर्न सेनालाई आग्रह गरे। भेनेजुएलाका नागरिक र सेनाको वफादारी कुनै व्यक्तिप्रति नभएर संविधान र गणतन्त्रप्रति हुनुपर्नेमा उनले जोड दिए।
भिडियो सन्देशको अन्त्यमा उनले भने, ‘भेनेजुएलालाई दण्डहीनता होइन; सत्य, न्याय र मेलमिलापको खाँचो छ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण