ट्रम्पद्वारा भेनेजुएलाकी अन्तरिम राष्ट्रपतिलाई चेतावनी, ‘भनेको नमाने मादुरोको जस्तै नियति’
सारांश
- अमेरिकी राष्ट्रपति ट्रम्पले भेनेजुएलाकी अन्तरिम राष्ट्रपति रोड्रिगेजलाई चेतावनी दिएका छन्, निर्देशन नमाने मादुरोको जस्तै हालत हुनेछ।
- ट्रम्पले भेनेजुएलालाई पुनर्जीवित गर्ने जिम्मा अमेरिकाको भएको दाबी गर्दै अमेरिकी तेल कम्पनीलाई लगानी गर्न आग्रह गरे।
- उनले रोड्रिगेजलाई अमेरिकाको कुरा मान्न चेतावनी दिँदै अन्यथा पदच्युत मादुरोको जस्तै अवस्था आउन सक्ने बताए।
वासिङ्टन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाकी अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेजलाई आफ्नो निर्देशन पालना नगरे निकोलस मादुरोको जस्तै नियति भोग्नुपर्ने चेतावनी दिएका छन्। आइतबार एयर फोर्स वनमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले भेनेजुएलाको भविष्य र त्यहाँको नेतृत्वका बारेमा यस्तो कडा टिप्पणी गरेका हुन्।
शासन परिवर्तन र राष्ट्र निर्माण विरुद्धको आफ्नो विगतको अडानबारे पत्रकारले सोधेको प्रश्नमा ट्रम्पले भेनेजुएला आफ्नै क्षेत्रमा पर्ने र यो ‘मनरो सिद्धान्त’ अन्तर्गत आउने जवाफ दिएका छन्। ट्रम्पले आफ्नो वरपरका देशहरू स्थिर र सफल हुनुपर्ने तथा त्यहाँबाट तेल निर्बाध रूपमा बाहिर आउन सक्ने कुरा सुनिश्चित गर्नु अमेरिकाको काम भएकोमा जोड दिएका छन्।
उनले भेनेजुएलालाई 'मृत' देशको संज्ञा दिँदै यसलाई पुनर्जीवित गर्ने जिम्मा अमेरिकाको भएको दाबी गरेका छन्। यसका लागि अमेरिकी तेल कम्पनीहरूले भेनेजुएलाको पूर्वाधार पुनर्निर्माणमा ठूलो लगानी गर्नुपर्ने उनको भनाइ छ। यद्यपि, उनले पछि स्पष्ट पार्दै अमेरिकाले सिधै लगानी नगर्ने तर भेनेजुएला र त्यहाँका जनताको हेरचाह गर्ने बताएका छन्।
अन्तरिम राष्ट्रपति रोड्रिगेजको नेतृत्वका बारेमा सोधिएको प्रश्नमा ट्रम्पले आफ्नो टोली उनीसँग सम्पर्कमा रहेको जानकारी दिएका छन्। तर, उनले रोड्रिगेजले अमेरिकाको कुरा मान्नुपर्ने सर्त राख्दै अन्यथा पदच्युत मादुरोको जस्तै अवस्था आउन सक्ने धम्कीपूर्ण भाषा प्रयोग गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण