विदेशबाट पढ्न नेपाल आउने वातावरण बनाउनुपर्छ : मन्त्री थापा
सारांश
- गण्डकी प्रदेशका मन्त्री थापाले विदेशबाट अध्ययनका लागि नेपाल आउने वातावरण बनाउनुपर्ने बताए।
- उनले 'स्टडी इन नेपाल' अवधारणामा काम गर्न परामर्श केन्द्रहरूलाई जोड दिएका छन्।
- मन्त्री थापाले युवालाई आत्मनिर्भर बनाउन रोजगारी सिर्जना आवश्यक रहेको बताए।
कास्की । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापाले अध्ययनका लागि विदेश जाने मात्र नभई अब विदेशबाट अध्ययन गर्न नेपाल आउने वातावरण निर्माण गर्नुपर्ने आवश्यकता औँल्याएका छन्। शनिबार पोखरामा आयोजित स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल' (फेकन) गण्डकी प्रदेशको सातौँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री थापाले यस्तो धारणा राखेका हुन्।
उनले नेपालको रमणीय प्राकृतिक वातावरण र सांस्कृतिक विविधताका कारण विदेशी विद्यार्थी आकर्षित हुन सक्ने सम्भावना रहेको भन्दै परामर्श केन्द्रहरूले 'स्टडी इन नेपाल' अवधारणामा पनि काम गर्नुपर्नेमा जोड दिएका छन्।
मन्त्री थापाले युवालाई आत्मनिर्भर बनाउन रोजगारी सिर्जना आवश्यक रहेको उल्लेख गर्दै गण्डकी प्रदेश सरकारले सीप विकास तालिम केन्द्रमार्फत १२ प्रकारका सीपमूलक तालिमहरू सञ्चालन गरिरहेको जानकारी दिएका छन्। व्यवसायीका चुनौतीप्रति आफू जानकार रहेको बताउँदै उनले शैक्षिक परामर्श क्षेत्र लगायत सम्पूर्ण व्यवसायीको हकहित संरक्षणका लागि सरकार सधैँ साथमा रहने प्रतिबद्धता व्यक्त गरेका छन्। विभिन्न नाममा सञ्चालित शैक्षिक परामर्श केन्द्रहरूलाई एकीकृत भई संस्थागत रूपमा अघि बढ्न समेत उनले सुझाव दिएका छन्।
कार्यक्रममा फेकनका केन्द्रीय अध्यक्ष उमेश कुशवारले शैक्षिक परामर्श केन्द्रको मुख्य उद्देश्य विद्यार्थीलाई मार्गदर्शन गर्ने भएकाले यसलाई म्यानपावर जस्तो व्यवहार नगर्न आग्रह गरेका छन्। यस्तै, फेकन गण्डकीका संस्थापक अध्यक्ष जागृत भट्टराईले २०७५ सालदेखि दर्ता प्रक्रिया रोकिँदा व्यवसायी समस्यामा परेको भन्दै धरौटी रकम सम्बन्धी व्यवस्थाको पुनरावलोकन गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
फेकन गण्डकीका अध्यक्ष सुजन बहादुर बस्नेतले संस्थाले विद्यार्थी, अभिभावक र व्यवसायीबीच विश्वासको सेतुको रूपमा काम गरिरहेको र 'स्टडी इन नेपाल' को अवधारणालाई अघि बढाउन प्रतिबद्ध रहेको बताएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण