अपडेट
सुनको मूल्य तोलामा ३१०० रुपैयाँ बढ्यो, आज कतिमा हुँदै छ कारोबार ?
मङ्गलबार, २२ पुस २०८२, १० : ५०
सारांश
- मंगलबार नेपाली बजारमा सुनको मूल्य तोलामा ३ हजार १०० रुपैयाँले वृद्धि भयो।
- सोमबार सुन प्रति तोला २ लाख ६५ हजार रुपैयाँ रहेकोमा मंगलबार २ लाख ६८ हजार १०० रुपैयाँ पुग्यो।
- चाँदीको मूल्य पनि वृद्धि भई प्रति तोला ४ हजार ८८० रुपैयाँ पुग्यो।
काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य वृद्धि भएको छ । सोमबारको तुलनामा मंगलबार छापावाल सुन तोलामा ३ हजार १०० रुपैयाँ वृद्धि भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन सोमबार तोलामा २ लाख ६५ हजार रुपैयाँ कायम थियो । मंगलबार भने बढेर २ लाख ६८ हजार १०० रुपैयाँ कायम भएको हो ।
यस्तै चाँदीको मूल्य पनि बढेको छ । सोमबार तोलामा ४ हजार ६८५ रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर तोलामा ४ हजार ८८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
समकक्षताको काम अझै प्रभावित हुने, आवेदन भने भोलिदेखि दिन सकिने
-
तीन प्रतिशत शिक्षा समता शुल्क नलिने निर्णय कार्यान्वयन गर्न मन्त्रालयकाे आग्रह
-
जनकपुरमा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न अध्ययन समितिको सिफारिस
-
भोकमरीको केन्द्रबिन्दु एसियाबाट अफ्रिकातर्फ : संयुक्त राष्ट्रसङ्घ
-
नेपाल–जर्मनबिचको सम्बन्ध थप गतिशील बनाउनुपर्नेमा जोड
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण