‘स्प्लिट्सभिल्ला’ र ‘बिग बोस’ बाट चर्चित बनेका जय दुधाने विमानस्थलबाट पक्राउ
सारांश
- विमानस्थलबाट 'स्प्लिट्सभिल्ला १३' का विजेता जय दुधाने ५ करोड ठगी आरोपमा पक्राउ परे।
- दुधानेले एक अवकाशप्राप्त इन्जिनियरलाई झुक्याएर पसलमा लगानी गर्न लगाएको आरोप छ।
- मुम्बई प्रहरीले दुधानेलाई पक्राउ गरेको र परिवारका अन्य सदस्यमाथि अनुसन्धान भइरहेको छ।
मुम्बई । ‘स्प्लिट्सभिल्ला १३’ का विजेता तथा ‘बिग बोस मराठी ३’ का उपविजेता चर्चित इन्फ्लुएन्सर जय दुधानेलाई मुम्बई विमानस्थलबाट प्रहरीले पक्राउ गरेको छ। ५ करोड भारु ठगी गरेको आरोपमा उनलाई आइतबार नियन्त्रणमा लिइएको हो।
१० दिनअघि मात्रै विवाह गरेका दुधाने पत्नीसँग हनिमुनका लागि विदेश जान लाग्दा विमानस्थलमै समातिएका हुन्। उनले आफूमाथि लागेका सबै आरोप निराधार रहेको दाबी गरेका छन्।
इन्डिया टुडेको रिपोर्टअनुसार एक अवकाशप्राप्त इन्जिनियरले दुधानेविरुद्ध ५ करोड ठगीको उजुरी दिएका थिए। उजुरीमा जयले आफ्नो परिवारका चार सदस्यसँग मिलेर ती इन्जिनियरलाई ठाणेका ५ वटा व्यापारिक पसलमा लगानी गर्न लगाएको उल्लेख छ।
नक्कली कागजात देखाई ४.६१ करोडमा ती पसलहरू बिक्री गरिएको तर पछि बैंकले ती पसलहरू जफत गर्ने नोटिस पठाएपछि मात्रै ठगी भएको खुलासा भएको थियो। ती पसलहरू पहिले नै बैंकमा धितो राखिएको पाइएको छ।
मुम्बई प्रहरीका वरिष्ठ निरीक्षक प्रवीण मानेका अनुसार दुधानेलाई ४ जनवरीमा पक्राउ गरिएको हो र उनको परिवारका अन्य सदस्यमाथि पनि अनुसन्धान भइरहेको छ। गिरफ्तारीपछि दुधानेले आफूलाई यसबारे कुनै जानकारी नभएको र प्रहरीलाई पूर्ण सहयोग गर्ने बताएका छन्।
उनले आफूविरुद्ध ‘लुक आउट’ नोटिस जारी भएकोबारे समेत थाहा नभएको र हनिमुनमा जान लाग्दा रोकिएको सञ्चारमाध्यमलाई बताएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जातीय विभेद र छुवाछुत अन्त्यका लागि कानुन संशोधन गरिनेछ : मन्त्री वादी
-
नयाँ एआई मोडेल सार्वजनिक हुनुअघि सरकारलाई पहुँच दिन ट्रम्पको कार्यकारी आदेश
-
जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद् प्रतिबद्ध छ : सभामुख अर्याल
-
रोल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु
-
स्पेस एक्सको मूल्य १.७५ ट्रिलियन डलर पुगेको दाबी
-
कोरला नाकाबाट भित्रिएका थप २४ विद्युतीय गाडी नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण