'सुरक्षाको सम्पूर्ण प्रत्याभूति सरकारले गर्छ, तोकिएकै समयमा निर्वाचन हुन्छ’
काठमाडौं। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सरकारले निर्वाचन सुरक्षाको सम्पूर्ण प्रत्याभूति जनाएको र तोकिएको समयमा नै निर्वाचन हुने बताएका छन् ।
निर्वाचनको विकल्प निर्वाचन नै भएको बताउँदै कार्यवाहक प्रमुख भण्डारीले निर्वाचन हुन्छ कि हुन्न भन्ने जनमानसको प्रश्न चिरेर आयोग तयारीमा जुटेको बताएका हुन् ।
निर्वाचनका प्रशिक्षक प्रशिक्षणसम्बन्धी कार्यशालामा भण्डारीले निर्वाचन सुरक्षाका लागि आयोगले सरकार लगायतका सवै निकायसँग समन्वय गरिरहेको बताए।
निर्वाचन हुन्छ कि हुन्न भन्ने संशय विगतमा पनि रहेको स्मरण गर्दै उहाँले निर्वाचनको कुनै विकल्प नरहेको बताए।
उनले भने, संविधान सभाको निर्वाचन हुन्छ कि हुँदैन भनेर अघिल्लो दिनसम्म सारा मान्छेको शंका उपशंका थियो। भोलिपल्ट मतदानको प्रक्रिया सम्पन्न भएपछि निर्वाचन त भयो नि। त्यसैले अहिले पनि सुरुदेखि निर्वाचन हुन्छ कि हुँदैन? के निर्वाचन हुन्छ त? अहिले पनि जनमानसमा आउने प्रश्न यही हो। यो प्रश्नलाई चिरेर निर्वाचनको विकल्प छैन निर्वाचनको विकल्प निर्वाचन नै हो र निर्वाचन हुन्छ ।’
जेनजी विद्रोहको फरक पृष्ठभूमिका निर्वाचन हुन गइरहेको भन्दै निर्वाचन सम्पन्न गर्ने आयोगको अठोट रहेको भण्डारीले बताए।
सरकारले सुरक्षा व्यवस्था सुदृढीकरणका लागि सातै प्रदेशमा सुरक्षा गोष्ठी सम्पन्न गरेको पनि उनको भनाई थियो।आयोगले चुनावको तयारीका क्रममा प्रदेशका प्रमुख सचिव र सचिवहरुसँग पनि परामर्श गरेको कार्यवाहक प्रमुख भण्डारीले बताए। निर्वाचन आयोग व्यवस्थापकीय भूमिकामा चुस्तरुपमा तयारीमा लागिरहेको पनि उनको भनाइ छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण